छालिङमा काँग्रेसका उम्मेदवारलाई भव्य स्वागत

284

भक्तपुर । छालिङमा काँग्रेसका उम्मेदवारलाई स्थानीयबासीले भव्य स्वागत गरेका छन् । आसन्न स्थानिय तह निर्वाचन २०७९ वैशाख ३० को तयारीमा नेपाली काग्रेस चाँगुनारायण नगरकमिटि सक्रियताकासाथ जुटेको छ । बुुधबा बिहानै देखि क्षेत्रिय सभापति एवं मेयरका उम्मेदवार जिवन खत्री तथा उपप्रमुख सुवद्रा काफ्ले चाँगु वडानं ५ छालिङका विभिन्न क्षेत्रमा घरदैलो कार्यक्रम गर्नुभएको छ ।


घरदैलो कार्यक्रममा नेपाली काग्रेसका स्थानिय नेता, कार्यकर्ता, शुभेच्छुकहरुको उत्साहजनक सहभागिता रहेको थियो । घरदैंलो कार्यक्रममा मत माग्न आएका उम्मेदवारहरुलाई स्थानियले उत्साहकासाथ स्वागत गर्दे, टिका, खादा लगाईदिएका थिए ।


वडानं ५ मा नगरप्रमुख, उपप्रमुख लगायतका वडा अध्यक्षका उम्मेदवार जयन्द्र खड्का तथा सदस्यहरु सुरेस कार्की, प्रभुराम थापा , निर्मला केसी र रामकुमारी विक सहित नेपाली काँग्रेसका नेता प्रविन वन, सरु बानियाँ, राजु पुरी लागाएतका ं विभिन्न प्रतिनिधिहरुको उपस्थितिमा वृहत ¥याली नाराकासाथ घरदैलो कार्यक्रम सम्मन्न भएको छ । भने नगरका अन्य वडाहरुका पनि भव्यताकासाथ घरदैलो कार्यक्रम संचालन भएको दिने राज गिरीले जानकारी दिनुभयो ।