मन्त्री भँडेलको पालीमुनीबाट राप्रपाको उद्घोस हामीले दिएको भोट भुल्नुभयो

825

भक्तपुर । राप्रपाले प्रदेश सभा सदस्य कृष्णलाल भँडेलको आँगनमा नै पुगेर कोण सभा गर्दै खोला तरपछि मन्त्रीले लौरो भुलेको आरोप लगाएका छन् ।
राप्रपाले बुधबार आयोजना गरेको चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा घर दैलो तथा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न गरेको छ ।
घरदैलो तथा कोण सभा गर्दै राप्रपाले उपनिर्वाचनका साझा उम्मेदवार हाल मन्त्री कृष्णलाल भँडेलको आँगनको पालीमा नै पुगेर मन्त्री भएपछि उहाँहरुले राप्रपालाई धोका दिनुभएको उपमेयरकी उम्मेदवार मञ्जु कार्कीले बताउनुभएको छ ।
हिजोका दिनमा राप्रपाले गरेको गुनको बदलामा नेपाली काँग्रेसले धोका दिएको बताउँदै उहाँले आम सर्वसाधारणलाई गलत नेतृत्व बाच बच्न आग्रह गर्नुभएको थियो ।
यस्तै कार्यक्रममा मेयरका उम्मेदवार एवं राप्रपाका सहमहामन्त्री रविन्द्र प्रताप शाहले एमसीसी र राजतन्त्रका कारण नै काँग्रेसले गठबन्धन तोडेको भन्ने अभिब्यक्ती अचम्म लाग्दो भएको बताउनुभयो । उहाँले हामी हिजो पनि राजाबादी नै थियौ र हिन्दु नै थियौं र आज पनि छौं हिजो आवश्यकता पर्दा राजाबादी भएपनि हुने अहिले राजबादीहरुसँग गठबन्धन गर्न सकिन्न भन्नु अचम्म लाग्दो कुरा भएको बताउनुभयो ।
उहाँले आफूले लिएको ऋण तिर्न नचाहनेले विभिन्न बाहना बनाए जस्तो काँग्रेसका नेताले पनि बाहना बनाएको भन्दै यसको परिणाम दुवैलाई नराम्रो हुने बताउनुभयो ।
उहाँले हाल नगरमा भएको बेथिती लाई अन्त गर्न र शुन्य सहनशिलताका साथ शुन्य भ्रष्टाचार युक्त नगर बनाउनु आफ्नो र आफ्नो पार्टीको लक्ष्य भएका कारण सहज सेवा भ्रष्टाचार मुक्त नगर बनाउन राप्रपाको हलो नै चुन्न आम मतदातालाई आग्रह समेत गर्नुभएको थियो ।

उहाँले चाँगुनारायणलाई जिवन्त संग्राहलयका रुपमा विकास गर्दै विश्व माझ चाँगु चिनाउँदै स्थानीय तथा नरबासिलाई उक्त संग्राहलय मार्फत रोजगार दिन आफू लागि पर्ने समेत बताउनुभयो ।
उहाँले अमेरिका पत्ता लाग्नु भन्दा पहिला बनेको चाँगुमन्दिरलाई जिवन्त संग्राहलयका रुपमा विकास गर्न सके चाँगुको पर्यटन बढने र यहाँका जनतालाई स्वरोजगारको श्रृजना तथा नगरका हरेकको कुल प्रतिव्यक्ती आम्दानी समेत बढने बताउनुभयो ।
घरदैलो कार्यक्रममा मेयर उपमेयरका उम्मेदवारका साथै वडा अध्यक्ष सदस्यहरुको पनि उपस्थिती रहेको थियो ।