राप्रपाले गणतन्त्र त्याग्दा र एमसीसीको विरोध गर्दा चाँगुमा गठबन्धन भएन : नेता खड्का

858

भक्तपुर । भक्तपुरमा राप्रपा र नेपाली काँग्रेसको विचमा लिखित सम्झौता भएको भएपनि गठबन्धन हुन नसक्नुमा राप्रपा नै दोशी भएको काँग्रेसका नेता राजाराम खड्काले बताउनुभएको छ ।

हिजो राप्रपा संयुक्त सँग सहकार्य एवं सम्झौता गर्दा उनीहरु गणतन्त्रका पक्षधर थिए हाल राजतन्त्र बोकेर हिडेका छन् र जनतामा एमसीसीका कारण देश नै खतम भयो भन्ने अभिव्यक्ती दिदै हिड्दा उनीहरुसँग गठबन्धन अगाडी बढाउन नसकिएको उहाँले बताउनुभएको हो ।

हिजो हामी र उहाँहरु गणतन्त्रको पक्षमा नै थियो । हामी एमसीसीको पक्षमा नै थियौं उहाँहरु पनि हुनुहुन्थ्यो अहिले उहाँहरु एमसीसीका कारण नेपालमा सेना नै आउने भन्दै अनलग प्रचार गर्दै हिड्नु भएको छ यसै कारण पनि हामी र राप्रपाको विचमा सम्झौता हुन नसकेको उहाँले बताउनुभयो ।

एमालेको पार्टी कार्यालय भयो चाँगु नगर
आली कान्ला चिन्दै नेकपा एमालेले हाम्रो कर सक्कायो

नेता खड्काले चाँगुनारायण नगरपालिका नेकपा एमालेको पार्टी कार्यालय जस्तो भएको आरोप लगाउनुभएको छ ।
उहाँले हाल नगर पुरै एमालेको पार्टी कार्यालय जस्तो भएको बताउँदै उहाँले नगरमा जनप्रतिनिधिले पाँच वर्षमा केवल आफ्ना नेताका र कार्याकर्ताका आली कान्ला चिन्ने काम मात्र गरेको अरोप लगाउनुभएको थियो ।
बागेश्वरीमा भएको घर दैलो तथा वडा कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नगरको बजेट आली कान्ला चिन्न र नेताको जग्गा अगाडी बाटो बनाउन नै सकिएको आरोप लगाउनुभयो ।
उहाँले अव पनि उनै पार्टीका नेतालाई जनताले चुनेर पठाउन हो भने फेरी पाँच वर्ष पछुताउनुको विकल्प नभएको समेत बताउनुभयो ।
उहाँले जसरी हिजो काँग्रेस हार्दा यो अवस्थामा नगर पुग्यो अव नगरमा काँग्रेस जित्दा मात्र नगरको साख र नगरको चौतर्फी विकास संभव भएको समेत उहाँले बताउनुभएको थियो ।