सूर्यविनायकमा उपमेयरका स्वतन्त्र उम्मेदवारले गठबन्धन उम्मेदवारलाई सघाउने

233

भक्तपुर । सूर्यविनायक नगरपालिकाको उपमेयर पदमा उम्मेदवारी दिएकी स्वरस्वती घिमिरेले आफ्नो स्वतन्त्र उम्मेदवारी परित्याग गरी नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

सूर्यविनायक नगरपालिका वडानं ३ की बासिन्दा घिमिरेलाई एक कार्यक्रमबीच नेपाली काग्रेसका महासमिति सदस्य एक कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक विष्णुराज कार्कीको उपस्थितिमा नेपाली काग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने घोषणा गरेकी हुन्।

लामो समयदेखी एमालेमा आवद्ध घिमिरे, सूर्यविनायक नगरपालिकाको चुनावमा पार्टीबाटै उम्मेदवारी पाउँने विश्वासमा थिइन । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । उनको चुनाव चिह्न ब्याडमिन्टनको कर्क परेको छ ।
सूर्यविनायक नगरपालिकाको नगरप्रमुख पदमा नेपाली काग्रेसका निशान ढुंगेल तथा नगर उपप्रमुखमा नेकपा(एकिकृत समाजवादी)का श्यामसुन्दर बस्नेत उम्मेदवार छन् ।

ढुंगेल र बस्नेत मिलेर नगरका विभिन्न वडामा घरदैंलो कार्यक्रम चलाइरहेको समयमा घिमिरेले स्वतन्त्र उम्मेदवारी छोडेर गठबन्धन उम्मेदवारलाई साथ दिने घोषणाले चुनावी माहौंलमा नयाँ तरङ्ग आएको छ ।