४६ साल देखि एमालेका सक्रिय नेता राजु खड्का काँग्रेस प्रवेश

713

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ७ का एमालेका सक्रिय नेता काँग्रेस प्रवेश गर्नुभएको छ ।
२०४६ सालमा जागिरे जिवन देखि नै नेकपा एमालेको सक्रिय राजनीतिमा हुनु भएको राजु खड्का एमाले परित्याग गर्दै काँग्रेस प्रवेश गर्नुभएको छ ।
नेकपा एमालेले विचारको राजनीति भन्दा पनि पैसा एवं आफन्त मुखी राजनीति गरेको भन्दै उहाँ नेपाली काँग्रेस प्रवेश गर्नुभएको हो ।
उहाँलाई नेपाली काँग्रेस केन्द्रिय सह महामन्त्री बद्रि पाण्डे, क्षेत्रिय सभापति एवं मेयरका उम्मेदवार जिवन खत्री , राजाराम खड्का , यादव अधिकारी , प्रदेश सभा सदस्य एवं मन्त्री कृष्णलाल भँडेल , महिल संघ जिल्ला सभापति सरु बानियाँ, जिल्ला सदस्य उमेश खड्का लगाएत वडा नम्वर ७ का उम्मेदवारहरु तथा विभिन्न तह तप्कामा रहेका नेताहरुले खड्कालाई पार्टीमा स्वागत गर्नुभएको थियो ।