राममणी पुडासैनीको टिमलाई मत किन ?

193

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ का लागि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३ का लागि राममणी  पुडासैनी वडाध्यक्ष पदका लागि उम्मेदवार बन्नु भएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि पुडासैनी लाई अत्याधिक मतले विजय गराउने वडाबासी आतुर छन् । निम्न कारणले वडाबासीले उहाँलाई मतदान गर्नुपर्नेछ ।
लामो समयदेखि सामाजिक र राजनीतिक क्षेत्रमा निरन्तर लागेर वडाबासीको सुख दुःखमा एकाकार भएको ।
वडा र नगरपालिका स्तरका समस्या र समाधानका बारेमा राम्रोसँग परिचित बनेको ।
लामो समयसम्म कुशल प्रशासक भएर नगरपालिकामा सेवा प्रवाह गरेकाले नगरपालिका कसरी सञ्चालन गर्नुपर्छ भन्ने बारेमा स्पष्ट भिजन भएको ।
वडा र नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन प्रबद्र्धन साँस्कृतिक सम्पदा प्रबद्र्धन गर्न उत्पादन र आय बृद्धि गर्ने बारेमा योजना बनाइ कार्यान्वयन गर्न सक्ने क्षमता भएको ।
सबैसँग मिल्न सक्ने, कसैको पनि कुभलो नचिताउने र मिलनसार, नयाँ व्यक्तिसँग पनि छिट्टै घुलमिल हुन सक्ने क्षमता भएको ।
लोभ लाचचा, अनैकितक कार्यलाई तिष्कार गर्दै त्यस्ता कार्यलाई निरूतसाहित गर्दै आएको ।

लेपुडासैनीले भन्नुभयो “ नगरपालिका र वडालाई स्थानीयको चहाना अनुसार विकास, सुशासन प्रदान गर्नका लागि आफूले वडा नं. ३ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएको हो ।”
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबैले सूर्य चिन्हमा मतदान गरी आफूसहित सबै आफ्नो टीमलाई निर्वाचित गराउने उहाँले सबैलाई आग्रह गर्नुभयो ।