नेमकिपा चाँगुनारायणको संकल्प भ्रष्टाचार मुक्त नगर बनाउने

315

भक्तपृुर । नेपाल मजदुर किसान पार्टी चाँगुनारायणले आसन्न स्थानीय तहको निर्वाचन जितेमा नगरलाई भ्रष्टाचार मुक्त स्थानीय सरकार गठन गर्ने संलल्प गरेको छ ।
आठ पाना लामो तथा १३ बुंदे संकल्प पत्र सार्वजनिक गर्दै उसले नगरलाई भ्रष्टाचार मुक्त नगर बनाउन आफ्नो पहल हुने बताएको छ
नेमकिपाले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षालगायतका विषयलाई जोड दिने जनाएको छ।

नगरपालिकाका हरेक वडा जोड्ने पक्की सडक निर्माण गर्ने संकल्प सहित आएको नेमकिपाले सम्पदा मार्ग पहाडी यात्रा मार्ग काठमाडौं नगरकोट बैकल्पिक मार्ग , सडक स्तरोन्नति मा आफ्नो अहम जोड हुने नेमकिपाले जानाएको छ ।
यस्तै शहरी आवास व्यवस्थापा, खानेपानी सरसफाई, पर्यावरण र ढल व्यवस्थापन, शिक्ष , स्वास्थ्य , सम्पदा र पर्यटन , सामाजिक सुरक्षा र न्याय , सार्वजनिक सेवा विस्तार , कर प्रणाली व्यवस्थापन , कृषि, उद्यमशीलता तथा रोजगारीका क्षेत्रमा काम गर्ने नागरिक सूचना सञ्जाल निर्माण गर्ने युवा तथा खेलकुद विकासमा काम गर्ने लगाएतका काम गर्ने भन्दै आफ्नो संकल्प पत्र सार्वजनिक गरेको हो ।
चाँगुनारायण नगरपालिकामा मेयरका रुपमा सुडालका पूर्व गाविस अध्यक्ष एवं प्रभावशाली नेता केशव प्रसाद तिमिल्सिनालाई अगाडी सारेको छ भने उपमेयरमा नगरकोटकी कल्पना लामा यस्तै वडा नम्वर १ मा चिनिकाजी अवाल , २ मा गोविन्द राम सुवाल, ३ कृष्णराम सुलु, ४ उत्तम नारायण भंडेल , ५ मा न्हुच्छेभक्त फोजु, ६ सरोज तामाङ, ७ अर्जुक काफ्ले , ८मा सन्तराम दुलाल र ९ मा गणेश त्यात लगाएतका टिमलाई चुनावी मैदानमा होमेको छ ।

चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवार केशव तिमिल्सिनाले नगरलाई भ्रष्टार मुक्त नगर बनाउन आफू लागि पर्ने बताउनुभयो । आफू विजय भएपनि नभएपनि आफू नगर समृद्द बनाउन कुनै न कुनै रुपमा लागि पर्ने समेत बताउनुभयो ।
उहाँले हाल नगरको नाक नै तासिएको बताउँदै व्यवस्थित सहरी विकासका नाममा माफियासँग मिलेर अघिल्ला जनप्रतिनिधिले गरेको प्लटिङका कामलाई रोक्ने तथा सार्वजनिक जग्गा जोगाउने नगरमा व्यायाम शाला लगाएत युवा हरुका लागि खेलकुदको विकास गर्ने , विचौलियाको अन्त गर्दै शिक्षामा भक्तपुरको नै नमुना नगर बनाउनेमा आफु लागि पर्ने बताउनुभयो ।
उहाँले हाल नगरमा गर्न बाँकी काम धेरै भएको बताउँदै उक्त कामहरु सम्पन्न गर्न तथा भक्तपुर नगर भन्दा पनि उत्कृष्ठ नगर बनाउन आफू लागि पर्ने बताउनुभयो ।