भक्तपुरमा चुनावी रौनक घरदैलोमा उम्मेदवार

48

भक्तपुर । निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी रौनक गाउँदेखि सहरसम्म, सहरदेखि टोलसम्म बढिरहेको छ ।
राजनीतिक दल, दलका उम्मेदवार, स्वतन्त्र उम्मेदवारहरूलाई चुनावी चटारो छ ।
उम्मेदवारहरू चुनावी नतिजा कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने ध्याउन्नमा छन् ।
दल तथा स्वतन्त्र उम्मेदवारका चुनावी सभादेखि घर–घरमा मतदातालाई भेट्ने काम भइरहेका छन् ।
सबैले जित्ने दाबीसहित मतदातालाई भोट माग्दै हिँडेका छन् । कतिपय मतदाताहरू आफूनिकटका उम्मेदवारलाई जिताउन प्रचारप्रसारमा लागिरहेका छन् ।
भक्तपुरमा मुख्यगरी ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले, नेमकिपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
केन्द्रको सहमतिअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनामोर्चाको गठबन्धन हुने भनिए पनि भक्तपुरका तीन मात्र दलहरु भएका कारण उनीहरु बिच सहमति भएको छ । चार नगर मध्य तीन नगरमा काँग्रेस , माओवादी र नेकपा(एस) गठबन्धन देखिएको छ । भक्तपुर नगरमामा नेपाली कांग्रेस नेकपा (एस) मेयर उपमेयरका लागि तालमेल गरेको छ भने । नेमकिपाको गढका रुपमा रहेको उक्त नगरका केहि वडामा भने माओवादी काँग्रेस एमाले सबै मिलेर नेमकिपाका विरुद्दमा उत्रेका छन् । यस्तै उक्त नगरमा नेमकिपाबाट विजयी नगरपालिकाका पदाधिकारीहरुले किसानको लागि केहि नगरको भन्दै उनीहरुको विरुद्दमा स्वतन्त्र उम्मेदवारी समेत परेको छ ।
भक्तपुर नगरमा नेमकिपाले यो अघिको निर्वाचनमा पुरै नगरपालिकाको जनप्रतिनिधि विजयी भएको थियो । अहिले पनि नेमकिपा उक्त आफ्नो विरासत कायम राख्न जोड तोडका साथ लागि परेको छ । यसका साथै राप्रपा पनि नगरमा एक्लै उभिएको छ । सबै दल मिल्दा पनि एक्लै नेमकिपाले विजय हाँसिल गर्न सक्ने हिम्मत भएको यस नगरमा अन्य दल एक दुई वडा भएपनि फुत्काउन पाए हुन्थ्यो भन्ने दाउमा लागेका छन् ।
यस्तै सूर्यविनायक नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी चुनावी तालमेलमा छन् । मेयरमा नेपाली काग्रेसका उम्मेदवार उठेका छन् भने उपमेयरमा नेकपा(एस)का उम्मेदवार खडा भएका छन् । उता नेकपा एमालेमा भने एक्लै निर्वाचनमा होमिएको छ । महेस बन्नेतको गृह नगर तथा केपी ओलीको पनि निवास नगर भएकाले आफूले विजयी हाँसिल नगरमा आफ्नो विरासन कायम गर्न एमाले जोडा तोडका साथ घर दैलोमा होमिएको छ भने एमालको विरासत ढाल्न गठबन्धन लागि परेको छ ।
सूर्यविनायकमा राप्रपा र नेमकिपा पनि आफ्ना उम्मेदवारको प्रचारमा घर दैलोमा जुटेका छन् । उनीहरुले पनि कुनै पनि गठबन्धन बाहेक एक्लै निर्वाचनमा होमिएका छन् ।
उता थिमी नगरपालिकामा भने नेपाली काँग्रेस र नेकपा माओवादीको विचमा गठबन्धन भएको छ मेयरमा काँग्रेसका उम्मेदवार छन् भने उपमेयरमा भने माओवादीका उम्मेदवार रहेका छन् । थिमीमा पनि एमाले, नेपाल मजदुर किसान पार्टी र राप्रपा लगाएतका दल भने एक्लै निर्वाचनमा होमिएका छन् ।
अघिल्लो निर्वाचनमा नेमकिपा सँग सहकार्यमा नेकपा एमालेले विजय हाँसिल गरेको उक्त नगरमा उपमेयर भने काँग्रेसले विजय हाँसिल गरेको थियो ।
भक्तपुरको चार नगर मध्य चाँगुनारायण नगरपालिकामा भने कुनै पनि दल गठबन्धनमा छैनन । सबै दल अलग अलग नै निर्वाचनमा होमिएका छन् ।
गठबन्धनभित्रका दलहरू कतै संयुक्त रूपमा प्रचारप्रसार गरिरहेका छन् भने कतै संयुक्त रूपमा घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
सूर्यविनायक र मध्यपुर थिमी नगरमा संयुक्त रुपमा नै गठबन्धनमा उम्मेदवार चुनावी प्रचारमा जुटेका छन् । सूर्यविनायकमा मेयरका उम्मेदवार र उपमेयरका उम्मेदवार सँग सँगै चुनावी अभियानमा जुटेका छन् । यस्तै वडाहरुमा पनि संयुक्त रुपमा चुनावी अभियानमा जुटेको पाईन्छ ।
उता जिल्लाका ३८ वडा मध्य दुई वडामा एमाले सहितको गठबन्धन प्रचारमा जुटेको छ भने अन्य ३६ वडामा भने नेकपा एमाले एक्लै चुनावी अभियानमा जुटेको छ ।
यस्तै भक्तपुरमा वर्चस्व रहेको नेमकिपा भने चार नगरमा तीन नगरमा आफ्नो कमजोर उपस्थितीलाई यो पटकको निर्वाचनमा केहि सुधारको प्रयासमा जुटेको छ । पूर्व जिल्ला अध्यक्षहरुलाई वडा अध्यक्षमा उभ्याएको नेमकिपाले पछिल्लो विर्वाचनमा विजय हाँसिल गरेको १२ वटा वडाको विरासत कायम गर्न सक्ला कि नसक्ला भन्ने आगामी ३० गतेको निर्वाचनले देखाउने छ ।
एक्लै प्रतिस्पर्धामा उत्रिएको नेकपा एमालेले पनि जनमत जुटाउन चुनावी सभालाई तीव्रता दिइरहेको छ । उसले घरदैलोमा मतदातालाई पनि भेट्ने अभियान चलिरहेको छ ।
यस्तै चारै नगमा एक्लै उत्रिएको राप्रपाले पनि आफ्नो चुनावी अभियानलाई तिव्रताका साथ अगाडी बढाएको छ । भक्तपुरका दलहरुमा चौथो शक्तिका रुपमा रहेको राप्रपालाई नेपाली काँग्रेसले अधिल्लो उपनिर्वाचनमा भएको लिखित सहमतीलाई लत्याईदिँदा राप्रपालाई ठूलो धक्का लागेको छ । चाँगुनारायणमा अधिल्लो निर्वाचनमा एमाले काँग्रेस पछि ठूलो दलका रुपमा स्थापित भएको राप्रपाले यो निर्वाचनमा आफ्नो केहि हजार मत बढाउन सके विजय हाँसिल गर्न सक्ने आँकलन गर्न सकिन्छ ।
सबै दलका उम्मेदवारले शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकतामा राखेर तयार गरिएका प्रतिबद्धता पत्रसहित उम्मेदवारलाई भेट्दा मतदाता उत्साही बन्नेका छन् । निर्वाचन नजिकिए सँगै वडा वडा मा टोल टोलमा विभिन्न दलका प्रचार प्रसारले भक्तपुरका वडा वडा गुन्जाएमान भएका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवारी दिएका हरुले पनि आफ्नो चुनावी अभियानलाई तिव्रताका साथ अगाडी बढाएको पाईन्छ ।
एकै वडमा तीन चार भन्दा बढि दलका प्रतिनिधिहरु प्रचारमा जुट्दा जनतालाई भने कसलाई मत दिने भन्ने छान्न हम्मे हम्मे परेको छ ।
आफ्नो टोल छिमिकका मानिस नै प्रतिनिधिका रुपमा चुनावमा विभिन्न दलबाट उम्मेदवारी दिँदा आम मतदातालाई दलले विभिन्न नाराका साथमा आफ्नो पक्षमा पार्ने कोसिसमा जुटेका छन् ।
मतदाताको समस्या बुझ्दै डायरीमा नोट गर्दै आफूले जितेमा सबै काम गरिदिने प्रतिबद्धतासमेत जनाउने गरेका छन् ।