ओलीको घर अगाडी काँग्रेस र (एस)को जुलुस देखेर एमाले कार्याकता ट्वाल्ल

584

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर २ बालकोट ओली निवास अगाडी काँग्रेसको जमात देखेर एमाले कार्यकर्ता ट्वाल्ल परेका छन् ।
देश भर हुँकार गर्दै हिडेका ओली निवास अगाडी नै काँग्रेसको जमात देख्दा उनीहरु आफ्नो निवास नजिक नै शुन्य भएको भान भएको स्स्थानीयले बताए ।


ओलीको घर अगाडी नै चुनाव प्रचार प्रसारमा गठबन्धनको टोली आउलान भन्ने हामीले ते सोचेको पनि थिएन । उनीहरु भन्छन् ।
ओली निवासबाट नेपाली काँग्रेस र नेकपा(एस)का टोली चुनावी प्रचारमा आएको देखेृपछि भित्र भएका हरु ट्वाल्ल परेर हेरेको देख्दा अचम्म लागेको समेत उनीहरुले बताए ।


सूर्यविनायक नगरपालिकामा मेयर उपमेयर सहित ७ वडा विजय भएको नेकपा एमालेले ओली निवासको नै वडा भने पराजय बेहोर्नु परेको थियो ।


हाल पनि सूर्यविनायक प्रदेश सदस्य एवं अभिवक्ता प्रदिप कार्की उक्त वडामा वडा अध्यक्षका उम्मेदवार हुनुहुन्छ ।
उहाँ सँगै सदस्यहरुमा जनादर्न खड्का, भगत रानाभाट, कल्पना खतिवडा दहाल र रञ्जीता त्रिखत्री नेपाली काँग्रेस र गठबन्धनका साझा उम्मेदवार रहनु भएको छ ।
सालिन स्वभावका कार्की नै उम्मेदवारका रुपमा बालकोटमा उभिएपछि अन्य दललाई भने हम्मे हम्मे हुने देखिएको छ ।