चाँगु नपा २ मा कसले मार्ला बाजि ?

997

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा नेपाली काँग्रेस,नेकपा एमाले र राप्रपा बीच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षको प्रत्यासी उमेदबार सोम प्रधान छन्।
यस्तै नेकपा एमालेबाट प्रत्यासी उमेदबार मनोज केसी छन् भने राप्रपाबाट उमेदबार सन्तोष केसी छन्। यी तीनै जना २०७४को स्थानीय निर्बाचनमा उमेदबार रहिसकेका छन्।
सन्तोष केसी र मनोज केसी वडा अध्यक्षको प्रत्यासी उमेदबार रहेका थिए भने सोम प्रधान अत्याधिक मतका साथ नगर सभा सदस्यमा बिजय भएका थिए।

मनोज केसी नेपाली कांग्रेसका वडा अध्यक्षका उमेदबार शिबहरी केसीसँग झिनो मत अन्तरले पराजित भएका थिए।
दुवाकोटको राजनीतिमा केसीहरूले गाबिसको हालीमुहाली गरेको पाईन्छ।

२०४२ साल सम्म गाबिस अध्यक्ष(प्रधान पञ्च)मा सन्तोष केसीका पिता साधुराम केसीले पटकपटक जितेका थिए।
साधुराम केसीले गाउँको सत्ता नछाडे पछि उनकै प्यानल बागी उठ्दा दुवाकोट गाबिसको हालिमुहाली प्रधान खलकमा गएको थियो।

प्रधान खलक भन्नाले हाल वडा अध्यक्षका उमेदबार सोम प्रधानको ठूलो बुबा बद्री प्रधान।पञ्चायतकालमा प्रधान पञ्च जितेका बद्री प्रधानले प्रजातन्त्र आएपछि नेपाली कांग्रेसका तर्फबाट २०४९ र २०५४ सालको स्थानीय निर्बाचनमा दुवाकोट गाबिस अध्यक्ष जितेका थिए।

पञ्चायतकालका दुवाकोट गाबिसका प्रधान पञ्चका छोरा सन्तोष केसी अहिले राप्रपाको राजनीतिमा सक्रिय छन्।भने बद्रि प्रधानका छोरा राजनीतिमा सक्रिय नभएपनि उनका भतिजो सोम प्रधान नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्।

मनोज केसीलाई भने कामको आधारमा पार्टीले उमेदबार बनाएको छ। सन्तोष केसी दुःखहरणेश्वर खाने पानीका अध्यक्ष हुन् भने सोम प्रधान फैटोका गणेश खानेपानी सँग आबद्ध छन्।
अघिल्लो स्थानीय निर्बाचनमा झिनो मतले पराजीत भएपछि मनोज केसी अचम्ममा परे। दुवाकोटको राजनीतिमा नेपाली कांग्रेसको गढ मानिएकाले पनि त्यतिधेरै रणनीति बनाएनन्।नसस उमेदबार छनोटमा समेत ध्यान दिएनन्।

आफ्नै पार्टीका सिनियर भनाउदा एकैचोटि नसोचेको उमेदबार आयो भनेर रुष्टहरूले नहालेको कारण केसी हार भएको एमालेले नै अड्कल काटेका थिए।

केन्द्रमा एमाले सरकार,प्रदेशमा एमाले सरकार र स्थानीय तहमा एमाले सरका, भएका कारण केसीलाई फाईदा पुग्यो। वडा अध्यक्षमा पराजित भएपनि वडा नम्बर २ को बिकासमा विभिन्न आयोजनाबाट बजेट ल्याउन सफल भए। २ नम्बर वडामा र र ३ वटा घर भएका नयाँ बस्तीमा बाटो ढलान् भए।

सडक फराकिला र कालोपत्रे भए। केसी ५ बर्ष सम्म उपबिजेता भएपनि जनताबाट टाढा जानू परेन। सन्तोष केसी पनि तेस्रो नम्बरमा रहेपनि सकेको बजेट भनसुनमा ल्याउन सफल रहे । उनको पिताको पालामा सल्लाघारी दुबाकोट सडक निर्माण भएकाले उनले बाबुको कामको ब्याज पाउने पर्ने देखिन्छ।

सोम प्रधान नगरसभा सदस्यमा बिजय भएपछि नगरप्रखुको कहिले निकट रहेर त कहिले बिरोध गरेर बिकास बजेट हाल्न सफल देखिन्छन्। नयाँ बस्तीमा यी तीनै जनाको योगदान उत्तिकै छ। तर नयाँ बस्तिले २० देखि ३० प्रतिशत मत पनि खस्दैन।हाईड्रोपावरको सेयरका कारण पनि गाउँमै मत खसाल्न जान्छन्।

स्थानीयको मतमा प्रधान खलक पार्टी नहेर्ने जात हेर्ने आरोप लाग्दै आएको छ। यस्तो हो भने सोम प्रधान अगाडि देखिन्छन्। हुन त अघिल्लो स्थानीय निर्बाचनमा वडा अध्यक्षको भन्दा ५५ मत प्रधानले ल्याएका थिए।
त्यस्तै नेपाली कांग्रेसबाट केसी उमेदबार नभएकाले केसी खलकले सन्तोष केसीलाई समर्थन गरिदिए भने उनी पनि जितको नजिक पुग्नेछन्।
मनोज केसी भने हारेर पनि बिकास निर्माणमा सहभागी भएका कारण फरक रणनीति मैदानमा उत्रीय भने जितको नजिक पुग्न सक्छन्। एमाले टुक्रिएको छ।
उनलाई सहयोग नगरेको आरोप लागेका अर्कै पार्टीमा छन्। जसले गर्दा असर खासै नपर्ने देखिन्छ।त्यसैले पनि चाँगुनारायण २ मा प्रधान र दुई केसी बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
कसले बाजी मार्ने हो, त्या भने मत परिणाम सम्म कुर्नै पर्ने हुन्छ।