भक्तपुरमा नेमकिपालाई खरायो घाँडो

3533

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीलाई खरायो चिन्ह घाँडो भएको छ ।

नेमकिपाको चुनाव प्रचार प्रसारको क्रममा भक्तपुर नगर वडा नम्वर २ मा स्थानीयले डेकोमिवाको विषयमा कुरा उठाएपछि उनीहरुको झगडा नै हुने स्थिती आई परेको थियो ।

निर्वाचन प्रचार प्रसारका क्रममा घर दैलो गर्दै गएका नेपाल मजदुर किसान पार्टीका उम्मेदवार वडा नम्वर २ का अध्यक्ष का उम्मेदवार र उपमेयरलाई डेको मिवाको विषयमा कुरा उठाएपछि आक्रोसित भएका कार्यकर्ताहरुको झगडा नै पर्ने अवस्था भएको थियो ।

डेको मिवा इतापाखे जग्गा एकिकरण आयोजना पीडित समितिले आफ्नो अलग उम्मेदवार बनाएपछि नेपाल मजदुर किसान पार्टीलाई अफ्ठेरो परेको हो ।

आफ्नै खाँटी कार्यकर्ताहरु नै पार्टीको विरोध र नगरपालिकाको विरोधमा उत्रेपछि उनीहरुलाई समस्या भएको हो ।

देश भर सुशासनको पाठ सिकाउँदै आएको नेपाल मजदुर किसान पार्टीलाई नै सुशासन खै भन्दै १५ सय घर घुरी भएका वडा बासी उत्रेपछि टाउको दुखाई भएको हो ।

जग्गा एकिकरण आयोजनाको विषयमा जहिले पनि मैन बस्दै आएको नेमकिपाले जग्गा एकिकरण आयोजनाको हाल सम्म कुनै पनि सार्वजकिन सुनुवाई तथा नागरिक वडापत्र समेत नराख्दा यो समस्या आएको हो ।

जनताको हक हितको कुरा गर्ने तर सूचना लुकाउने प्रवित्तीका कारण आफ्नो खुट्टामा आफै बन्चरो हान्न पुगेको छ नेमकिपा हाल ।

चौतर्फी रुपमा अन्य दलको आक्रमणको सामना गरि रहेको नेमकिपालाई आफ्नाले नै औला उठाएपछि भने उनीहरुको नियतमा पनी खोट छ कि भन्ने भान हुन थालेको छ ।
निर्वाचन अगावै नेमकिपाले जग्गा एकिकरण आयोजनाको विषयमा उठेका प्रश्न र लुकाएका तथ्यको सार्वजनिक गर्नु पर्ने देखिन्छ ।

मजदुर किसानको हक हितमा काम गर्ने पार्टीले किसानहरुको नै उठिबास लगाउने गरी गरिएको उक्त आयोजनाका कारण भक्तपुरको ताजा तरकारी उत्पादन गर्ने किसानलाई मात्र मार नपरी सिंगो काठमाडौं उपत्यकालाई असर गरेको छ ।

ताजा तरकारीको भण्डारको रुपमा रहेको डेको मिवा क्षेत्र हाल खण्डर भएको छ । विगत ८ ९ वर्ष देखि बाँझो जमिन र बाटो मुनी परेका प्लट नगरपालिकाको लापरबाही तथा भुकम्प पछि तत्काल सहर विस्तारका लागि जग्गा कित्ताकाट तथा आयोजना सम्पन्न गर्नु पर्नेमा हालको मूल्यमा १०५ रोपनी भन्दा बढि जग्गा सेल्स प्लटका रुपमा राख्दा विवाद चर्केको हो ।

हेर्दा किसानलाई जग्गाको भाउ गयो भन्ने भान बनाउने एक समूहको मुर्खताका कारण उपत्यकालाई नै तरकारी खुहाउन सक्ने उक्त क्षेत्र हाल विवादको भुमरीमा परेको छ ।
हाल उक्त जग्गा एकिकरण पीडितहरुले खरायो चिन्ह लिएर मेयर वडा नम्वर २ र ६ मा वडा अध्यक्षको उम्मेदवारी दिएका छन् ।