रोशी गाउँपालिका ७ मा स्वतन्त्रको पल्ला भारी

दलका नेता ओझेलमा परे

212

रोशी । रोशी गाउँपालिकामा स्वतन्त्र उम्मेदवारको पक्षमा स्वतन्त्र रुपमा जनलहर छाएको छ ।
स्वतन्त्र तर्फका उम्मेदवारको नै जनलहर छाएपछी दलका नेताहरु भने ओझेलमा परेका छन् ।
स्वतन्त्र भनेपछि आफै एक्ले हिड्ने उम्मेदवार जस्तो ठान्ने यो देशमा गाउँपालिकाका वडामा समेत मेष वहादुरको टिमको जनलहर छाएको छ ।


सिंगो टिम नै स्वतन्त्र बाट उम्मेदवारी दिएका मेष वहादुर लगाएतको टिमले जोड तोडका साथ घर दैलो गरि रहेका छन् ।
आफूले दलहरुले पाउने भन्दा भिन्न भुईकटहर चिन्ह पाएका उनीहरु हाल चुनाव चिन्ह चिनाउँदै मत माग्दै हिडेका छन् ।
मेष वहादुर भन्छन् सबै दललाई स्वतन्त्र रुपमा चुनाव चिन्ह दिने हो भने चिन्हको पछि लाग्ने मतदाताले पनि सहि उम्मेदवार मात्र छान्ने थिए ।
आफ्नो लक्ष्य भनेको सही बाटोमा दलहरुलाई हिडाउने दलहरुले गर्न नसकेको काम स्वतन्त्र भएर नै म एक्लै गर्न सक्छु भन्ने हो । यसैले मैले स्वतन्त्र रुपमा नै उम्मेदवारी दिएको मेष वहादुर तामाङ बताउँछन् ।
यस्तै उनको टिममा सदस्यहरुमा अजिता तामाङ, सरस्वती दमाई,यज्ञराज तामाङ र जित वहादुर तामाङले उम्मेदवारी दिएका छन् ।