चाँगुमा एमाले काँग्रेस र राप्रपाको टक्कर

983

भक्तपुर । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । राजधानीसँगै जोडिएको जिल्ला भक्तपुरको चाँगुनारायण नगरपालिकामा मुख्य प्रतिस्पर्धीहरू नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका उम्मेदवारहरूले घरदैलोदेखि प्रचारप्रसारसम्मलाई निरन्तरता दिइरहेका छन् ।
चाँगुनारायण नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारले निर्वाचन आफ्नो पोल्टामा पर्नेभन्दा मत काट्ने सम्भावना अत्यधिक देखिन्छ । सत्तारूढ राजनीतिक दलहरूबीच र पहिलाको लिखित सहमति गरेको राप्रपा काँग्रेस पनि नजुटेपछि चाँगुनारायण नगरपालिका मेयरमा नेपाली कांग्रेसबाट जिवन खत्री, नेकपा एमालेबाट विना बास्तोला, राप्रपाबाट रविन्द्र प्रताप शाह नेकपा समाजवादीको भने उम्मेदवारी फिर्ता भएको छ उता , अर्को शक्तीका रुपमा रहेको नेपाल मजदुर किसान पार्टीबाट केशब तिमिल्सिना, नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेश खड्का विचमा चुनावी भिडन्त हुने देखिन्छ ।
त्यस्तै उपमेयरमा नेपाली कांग्रेसबाट सुवद्रा काफ्ले, नेकपा एमालेबाट रमेश बुढाथोकी, राप्रपाकी मञ्जु कार्की माओवादी केन्द्रबाट चण्डीका पाण्डे, नेमकिपाबाट कल्पना लामाले प्रतिस्पर्धा गर्दैछन । ९ वडा रहेको चाँगुनारायण नगरपालिकामा यसपटक रोमाञ्चक भिडन्त हुने देखिन्छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले मेयर उपमेयर सहित ४ वडा विजय हाँसिल गरेको थियो भने नेपाली काँग्रेसले ४ वडा विजय हाँसिल गरेको थियो । यस्तै नेमकिपाले एक वडा विजय हाँसिल गरेको थियो ।
यो निर्वाचनमा राप्रपा पनि बलियो शक्तिका रुपमा संगठन विस्तार एवं घरदैलो कार्यक्रममा जुटेका कारण केहि वडा र मेयर हुत्याउने दाउमा रहेको छ । उता एमालेबाट पहिला उपमेयर नै रहेकी विनालाई आफूले पहिला जितेको नगर जोगाउनु छ त नेपाली काँग्रेसलाई आफूले पहिला हार व्होरेको नगरमा स्थापित हुनु छ । यसरी हेर्दा चाँगुमा त्रिपक्षिय भिडन्त हुने देखिन्छ । उता वडामा भने चार दलका विचमा भिडन्त हुने देखिन्छ ।