निर्वाचनको मुखमा भक्तपुर नगरपालिकाले जगातीमा घर टहरा भत्काइदिएपछि

126

भक्तपुर । भक्तपुर नगरपालिकाले नगरको वडा नम्वर ७ मा घर टहरा भत्काईदिएपछि विवाद भएको छ ।

भक्तपुर नगरपालिका साविक वडा नम्वर ९ को कित्ता नम्वर १०७ मा बनेको अवैध टहरा हटाएपछि उक्त क्षेत्रमा हंगामा भएको हो ।
लामो समय देखि सरकारी जग्गामा बनेको उक्त टहरा हटाउन नगरपालिका पुगेर हटाएपछि उक्त क्षेत्रमा हंगामा भएको हो ।


पीडितका अनुसार कुनै पनि सूचना बेगर नै घर टहरा भत्काइदिएपछि उक्त स्थानमा विवाद भएको थियो ।
वडा नम्वर ७  वाइज ल्याड अगाडी बनेका घर टहरा भत्काएपछि स्थानीयले विरोध गरेका हुन् ।
निर्वाचनको मुखमा नै जनप्रतिनिधि समेत नभएको समयमा नगरपालिकाले घर टहरा भत्काउन लाग्दा स्थानीयले विरोध गरेका हुन् ।
विना सूचना घर टहरा भत्काएपछि स्थानीयले विरोध गरे पनि नगरपालिकाले भने डोजर नै लगाएर उक्त स्थानका घर टहरा भत्काई दिएको हो ।

नगरपालिकाले भने पटक पटक टहरा हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि अबैध टहरा हटाएको जनाएको छ ।