चाँगुमा खनालको पल्ला भारी

460

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ चाँगुमा बागी उम्मेदवार दिनेश खनालको पल्ला भारी देखिएको छ ।
नेकपा एमालेबाट अघिल्लो पटक नगर सदस्य रहेका खनालको स्वतन्त्र उम्मेदवारी सँगै उनको चर्चा चुलिएको हो ।
वडामा निकै नै लोकप्रिय रहेका खनाल आफै बागी उम्मेदवारी दिएपछि नेकपा एमालेलाई ठूलो नोक्सानी पुग्ने देखिएको छ भने उनी नै विजयी हुन संभावना बढदो रहेको छ ।
दलका उम्मेदवार भन्दा उनीसँग हिड्ने नेता कार्यकर्ताको ताँती ठूलो भएपछि चाँगुमा अन्य दलका उम्मेदवारको सात्तो गएको छ ।