धार्मीक पर्यटनको बिकास गरि समृद्ध वडा बनाउँछु बलबहादुर श्रेष्ठ

चाँगुनारायण ४ का वडा अध्यक्ष पदको उमेदबार

40

भक्तपुर । चाँगुनारायण ४ चाँगुबाट वडा अध्यक्षका प्रत्यासी उमेदबार हुन् बलबहादुर श्रेष्ठ ।
श्रेष्ठ नेपाली कांग्रेस पार्टीका तर्फबाट प्रत्यासी उमेदबार हुन्। जानकी कुईकेल पछि नेपाली कांग्रेसले चाँगुमा आफ्नो शाख गुमाएको थियो।

 

गुमेको शाख फिर्ता ल्याउने एक मात्र उमेदबारका रुपमा श्रेष्ठलाई हेरिएको छ।
हुन पनि श्रेष्ठ प्रतिपक्षका माझ पनि रुचाईएका ब्यक्ति हुन्।सबै दललाई मिलाएर लान सक्ने खुबि भएका श्रेष्ठ ४ नम्बर वडा साबिक चाँगु गाबिसलाई धार्मिक पर्यटनको बिकास गरी समृद्ध वडा वनाउने प्रण गरेका छन्।
ऐतिहासिक चाँगुनारायण मन्दिर बिश्वमा चर्चित भएपनि पर्यटक आकर्षण गर्ने आबस्यक भौतिक पूर्बाधार निर्माण नहुँदा पर्यटक भित्र्याउन नसकेको स्वीकार गर्दै चाँगुमा पर्यटक आकर्षण गर्न होटल,पार्क र आबस्यक पुर्बाधार निर्माण गर्नेमा जोड दिएका छन्।
सूर्यबिनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा रहेको डोलेश्वरमा झैं धार्मिक पर्यटक भित्र्याउन प्रचार प्रसारलाई जोड दिएका छन्।
अक्षिया तृतिया देखि मनाईने चाँगुनारायणको जात्रालाई प्रचार प्रसारमा जोड दिँदै चाँगुनारायणको डाँडामा रहेका ९ वटा दहको पूनर्निर्माणमा लाग्ने बताउँछन्।
नागदह,साङ्दह,सिंदह,सिख्वा दह,फादह लगायत नौवटा दह पुनर्निमाण गरि धार्मिक पर्यटन भित्र्याउन सकिने बताउँछन्।

धार्मिक सम्बन्ध रहेको शंखरापुर नगरपालिकासँग भगिनी सम्बन्ध गाँसेर वडालाई थप बिकास गर्न तत्पर रहेको बताउँछन्। शंखरापुर नगरपालिकासँग सम्बन्ध बढाउन देकोचा चाँगुनारायण हुँदै शंखरापुर नगरपालिका जोड्ने फराकिलो सडकको डिपिआर तयार भै सकेको र मनोहरा खोलामा नमुना पुलको पनि प्रदेश सरकारको बजेटबाट डिपिआर तयार भैसकेकोले वडा ,नगर,प्रदेश र केन्द्रको बजेट ल्याएर चलन चल्तिको बाटोलाई फराकिलो पार्ने,नक्सामा भएका बाटोलाई,फराकिलो र स्तरोन्नति गरि कालोपत्रे गर्ने योजना बनाएका छन्।
कृषिलाई परम्परागत प्रणालीलाई बिस्थापित गरी आधुनिक कृषि प्रणालीलाई जोड दिएर नगदेबालीमा किसानलाई आकर्षित गर्ने योजना बनाएका छन्।
नयाँ प्रबिधि,कृषि औजार तालिमको ब्यबस्था,मलबिउ निःशुल्क बितरण गरि टनेल खेतिमा जोड दिने बताउँछन्।
वडामा रोजगारी सिर्जना गर्न कलकारखाना खोल्न प्रोहत्सान गर्ने बताउँछन्। वडामा परम्परागत घर निर्माणमा अनुदानको ब्यबस्था गर्ने श्रेष्ठ बताउँन्।
खानेपानीलाई महत्व दिँदै श्रेष्ठले खानेपानी सहितको धारा घरघर सम्म पुरयाउन आफूसधैं लागि पर्ने बताउँछन्।
बन क्षेत्रमा जडिबुटि जन्य बिरुवा लगाउने बताउँदै खोलो कटान रोक्न र प्राकृतिक बिपत्ति बाट जोगिन तालिम प्राप्त सयमसेबकहरू खटाउन पहल गर्ने श्रेष्ठको भनाई छ। जनतालाई सुशासन प्रत्याभुति दिलाउन कर्मचारी संयन्त्रलाई सजग बनाउने, जनताका काममा ढिला सुस्ति गर्ने जन्म,मृत्यु,बिबाह दर्ता र नागरिकता सिफारिस तुरुन्त गरिदिने ब्यबस्था मिलाउने।फरक राजनैतिक आस्थाका कारण सेवामा कुनै भेदभाब नगर्ने,सिफारिसका लागि आफूलाई जहाँ भेट्दा पनि सिफारिस गरिदिने बताउँछन्।