ओली गरे बालकोटमा मतदान

7

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन भन्दा एमालेले धेरै बढी मत ल्याउने बताएका छन् ।

शुक्रबार भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित महेन्द्र शान्ति माविबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले मत परिणाम एमालेको पक्षमा आउने बताए ।

उनले भने, ‘मत परिणाम नेकपा एमालेको पक्षमा आउँछ । पाँच दल भन्दा धेरै बढी मत एमाले एक्लैले ल्याउँछ ।’

अध्यक्ष ओलीले एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने भन्दा पनि लोकतन्त्रले जित्ने बताए ।

उनले भने, ‘एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्छ ।’

उनले देश दुई दलीय प्रणालीतिर गएको पनि बताए । एमाले एक दल र अन्य दल एक दल भएको उनको भनाइ थियो ।