गन्यापधुरा पुगेर प्रधानमन्त्री देउवाले गरे मतदान

8

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले स्थानीय तहको लागि मतदान गरेको छन् । उनले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख)बाट मतदान गरेका हुन् ।

दुई दिनदेखि गृहजिल्ला डडेधुरामा रहेका प्रधानमन्त्री देउवा हिजो (बिहिबार) धनगढी गएका थिए । धनगढीबाट हेलिकोप्टरबाट पुगेर उनले मतदान गरेका हुन् । देउवा साढे नौ बजे गन्यापधुरा पुगेका थिए ।

आज मुलुकभरका ७५२ वटा पालिकामा मतदान हुँदैछ। देशभरका १० हजार ७५६ वटा मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ ।

८९ लाख ९२ हजार १० जना पुरुष, महिला मतदाता ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ गरी एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता छन् ।

मतदानबाट ७५३ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, ६ हजार ७४३ वडाध्यक्ष, सोही सङ्ख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८३ सदस्य गरी कूल ३५ हजार २२१ जनप्रतिनिधि चुनिने छन्।