रोल्पाको थबाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन दुई जनाको अवस्था अज्ञात

7

रोल्पा । रोल्पाको थबाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जनाको अवस्था शुक्रवारसम्म पनि अज्ञात छ। थबाङ–४ उवा टिकरीबाङमा झडपमा परी सोही वडाका २५ वर्षीय रमन घर्तीमगर र २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका।

उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए। प्रहरीले घटना संलग्न थबाङ–४ तेलखोलाका साजन घर्ती र बुद्धि रोका मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरु माओवादी कार्यकर्ताहरु हुन्।

‘डराएर कतै बसेका पनि हुन सक्छन्। अन्य घाईतेको चोट धेरै नभएकाले पनि उनीहरु कतै सुरक्षित बसेको हुन सक्छन्।’ रोल्पा प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले भने, ‘उनिहरुको खोजिका लागि हिजैदेखि प्रहरी परिचालन गरिएको छ।’

उक्त स्थानमा बिहीबार बेलुका माओवादी र एमालेबीच भएको झडपमा ३ जना घाईते भएको र उनिहरुको स्थानिय स्वास्थ्य सस्थामा उपचार भईरहेको छ।