मध्यपुर थिमीबाट नेपाली काँग्रेसले खाता खोल्यो

50

भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा नेपाली काँग्रेसले खाता खोलेको छ ।
नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमिमा खाता खोलेको हो ।
शनिबार भएको मतगणना अन्तर्गत मध्यपुर थिमि नगरपालिका वडा नं १ मा काँग्रेसकातर्फबाट अध्यक्ष पदमा उम्मेदवार बनेका बाबुकाजी डंगोल विजयी भएका हुन् ।
उनले एक हजार सात सय १० मत पाएका छन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल प्याथले एक हजार दुई सय ९० मत पाएका छन् ।