मध्यपुर २ मा काँग्रेसका वडा अध्यक्ष र सदस्य विजयी अन्य तीन सदस्य एमालेको पोल्टामा

28

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं २ मा पनि नेपाली काँग्रेस विजयी भएको छ ।

मध्यपुर थिमिको जारी मतगणनामा वडा नं। २ को सबै मत गणना हुँदा नेपाली कांग्रेसका श्रीकृष्ण श्रेष्ठले ९ सय ८८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेमा प्रकाश थापा मगरले ८ सय ९४ मत ल्याए ।
त्यसैगरी वडा सदस्यमा काँग्रेसकै शेखर थापामगर विजयी भएका छन् भने अन्य तीनजना सदस्यमा नेकपा एमालेका उमेदवार विजयी भएका छन् ।
पछिल्लो मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले २ हजार ४ सय ७० मत पाएर अग्रता लिएका छन भने एमालेका मदनसुन्दर श्रेष्ठले २ हजार १ सय १३ मतसहित पछ्याई रहेका छन् । उपप्रमुखमा नेकपा एमालेका उत्तरा नेपालले २४ सय ७० मत प्राप्त गरेकी छन् । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १६ सय ५३ मत ल्याएका छन् ।
यसअघि थिमि–१ को वडाअध्यक्षमा नेपाली काँग्रेसका बाबुकाजी डंगोल १७ सय ६ मतसहित विजयी भएका थिए । वडाका तीन सदस्यमा काँग्रेसका उमेदवार विजयी भएका थिएभने एकमा एमाले उम्मेदवार विजयी बनेका थिए ।