राप्रपा नेता रामेश्वर थापालाई मात्री शोक

132

भक्तपुर । राप्रपाका पूर्व केन्द्रिय सदस्य एवं राप्रपा भक्तपुरका हस्ती रामेश्वर थापालाई मात्री शोक परेको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ८ निवासी थापाकी माता ७९ वर्षिया सानुमैयाँ थापाको स्वर्गबास भएको उहाँको परिवार स्रोतले जानकारी दिएको छ ।
उहाँको जेठ १ गते आईतबार स्वर्गबास भएको हो ।


७९ वर्षिया सानुमैयाँका तीन छोरी तीन छोरा ७ जना नाती नातिना र २ पनाती पनातिना रहेका छन् ।
लामो समय देखि विरामी रहनुभएकी थापाको उपचारको क्रममा नै स्वर्गवास भएको परिवार स्रोतले जनाएको छ ।
उहाँलाई अस्पतालले उपचार हुन नसक्ने भनी केहि साता अगाडी घर फिर्ता गरेको थियो ।
उहाँको हिन्दु धर्म अनुसार पशुपती आर्यघाटमा आईतबार नै दशसंस्कार गरिएको छ ।