विपक्षीको जमानत जफत गर्दै भक्तपुर नगरपालिकामा नेमकिपा विजयी

129

वडा तह सम्म जमानत जफत
सञ्जीब दुलाल
भक्तपुर । भक्तपुर नगरपालिकामा विपक्षीको जमानत नै जफत गर्दै नेमकिपाले विजयी हाँसिल गरेको छ ।
लामो समय देखि नेपाल मजदुर किसान पार्टीको गढका रुपमा रहेको भक्तपुर नगरमा यो पटकको निर्वाचनमा पनि सत प्रतिशत जनप्रतिनिधि विजयी भएका छन् ।
भक्तपुर नगरपालिका मात्र एक यस्तो पालिका हो जहाँ सत प्रतिशत एकै दलका उम्मेदवारले विजयी हाँसिल गरेका थिए र यो पटक पनि निरन्तरता पायो ।
भक्तपुर नगरपालिका वडा नम्वर १ र ३ मा नेमकिपालाई हराउने भन्दै माओवादी एमाले नेपाली काँग्रेस लगाएतका दल एक ठाउँमा उभिएका थिए । तर उक्त वडाहरुमा पनि नेमकिपाले विपक्षीको भन्दा तीन गुणा ज्याद मतका साथ विजयी भएको थियो ।
भक्तपुर नगरपालिकामा विजयी भएका सुनिल प्रजापतिले २९ हजार २ सयमत ल्याउँदा उनका निकटतम प्रतिदोन्दी नेपाली काँग्रेसका उम्मेदवार राम कासुलाले ३३ सय ५२ मत ल्याएका थिए । यस्तै नेकपा एमालेका उम्मेदवार रविन्द्र लाछिमस्यूले २ हजार ८ सय ३७ मत ल्याए भने स्वतन्त्र उम्मेदवार सत्य त्वायनाले २ हजार ३ सय ४५ मत ल्याएका थिए । स्वतन्त्र भन्दा पनि कम मत ल्याउँदै राप्रपाका बद्रि लाखाले ११३८ र माओवादीको ७४२ मत आएको छ ।
कुल खसेको मतको १० प्रतिशत ल्याउनु पर्नेमा कुनै पनि दलले उक्त मत पाउन भने सकेनन । भक्तपुर नगरपालिकामा ४३ हजार ३ सय ७४ मत खसेको थियो ।

वडामा समेत जमानत जफत
भक्तपुर नगरपालिकाको १० वडामा एक पार्टीले एक वडामा त्यो पनि गठबन्धन हुँदा आफ्नो जमानत जोगाउन सफल भएको छ । भक्तपुर नगरपालिका वडा नम्वर १ मा नेकपा एमाले नेपाली काँग्रेस र माओवादीको गठबन्धनका उम्मेदवार एक जनाले आफ्नो जमानत जोगाउन सफल भएका छन् । यस्तै वडा नम्वर ३,४ र ५ मा नेपाली काँग्रेसले जमानत जोगाउन सफल भएको छ । भने अन्य सबै वडामा सबै दलले आफ्नो जमानत समेत जोगाउन सकेनन ।