चाँगुनारायणको मेयर ताथलीले निर्णय गर्ने

480

भक्तपुर । चाँगुनारायण नगरपालिकाको नयाँ नेतृत्वको निर्णय नपाको वडा नम्वर ९ ताथलीले गर्ने भएको छ ।
१ वडाबाट सुरु भएको गणना ८ नम्वर सम्म पुग्दा नेपाली काँग्रेसका जिवन खत्रीले लिड गरि रहेका छन् ।

उनले ८८९३ मतका साथ अग्र स्थानमा लिड गरि रहेका छन् भने उनलाई पछ्याउँदै नेकपा एमालेकी विना बास्तोलाले ८५९४ मत ल्याएकी छन् । यस्तै राप्रपाका उम्मेदवार रविन्द्र प्रताप शाहले भने ७२७४ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
अव कसले विजय हाँसिल गर्छ भन्ने सबैको कौतुहलताको विषय हो ।
नेपाल मजदुर किसान पार्टीको गढका रुपमा चिनिदै आएको ताथलीले अव चाँगुनारायणको मेयरको निर्धारण गर्ने भएको छ ।
उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी पक्का पक्की भएका छन् ।
ताथलीको मत गणना सुरु भएसँगै चाँगुमा माहोल तातिएको छ ।