चाँगुनारायण ५ छालिङमा नेपाली काँग्रेसको प्यानल नै विजयी

663

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ५ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
छालिङमा नेपाली काँग्रेसका उम्मेदवार जयन्द्र खड्काको पुरै प्यानल नै विजयी भएको हो ।
निकटतम प्रतिस्पद्दी नेमकिपाका न्हुच्छेभक्त फोजुलाई पछाडी पार्दै उनले विजय हाँसिल गरेका हुन् ।
मतगणना देखि नै लिड गर्दै आएका फोँजुले १३७१ मत ल्याएका थिए भने जयन्द्रले १४२९ मतका साथ विजय हाँसिल गरेका छन् ।
यस्तै छालिङमा मेयरका उम्मेदवारहरुमा नेकपा एमालेको ८०२ मत ल्याएभने उपमेयरले १२८३ मत ल्याएका थिए ।
यस्तै नेपाली काँग्रेसका उम्मेदवारले १३२६ मत मेयरमा ल्याउँदा उपमेयरले १४६४ मत ल्याएका छन् ।
उता राप्रपाले ११५५ मत ल्याउँदा उपमेयरले ४३९ ल्याएका छन् ।
नेमकिपाका मेयर उम्मेदवारले ९९२ मत ल्याउँदा उपमेयरले १०४९ मत ल्याएका छन् ।
छालिङमा पुरै प्यानल नै नेपाली काँग्रेसले हात पारेको छ ।