मध्यपुर थिमि ८ मा नेमकिपाका रमेश थापा श्रेष्ठ विजयी

19

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ८ को वडा अध्यक्ष पदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का वडा अध्यक्षका उम्मेदबार रमेश थापा श्रेष्ठ बिजयी भएका छन् ।

उनका साथै उनको पार्टीबाट अन्य तीन जना सदस्य पनि विजयी भएका छन् । एकजना सदस्य भने नेपाली काग्रेसबाट विजयी भएका छन् ।
थापाले एक हजार दुई सय २६ मत पाएका छन् । उनका निकतम प्रतिद्धन्दी कांग्रेसका वडा अध्यक्षले एक हजार ४५ मत पाएका छन् ।

तेश्रो स्थानमा रहेको एमाले वडा अध्यक्षले तीन सय ८९ मत पाएका छन् । त्यहाँं तीन हजार तीन मत खसेको थियो ।