गठबन्धनलाई पछि पार्दै सूर्यविनायकको मेयर उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी

19

भक्तपुर । सूर्यविनायक नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै नेकपा एमलेका मेयर उपमेयर विजयी भएका छन् ।
नेपाली काँग्रेस र नेकपा(एस)को गठबन्धनलाई पछि पार्दै सूर्यविनायकमा नेकपा एमालेका मेयरमा बासुदेव थापा दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । यस्तै नेकपा एमालेकै सरिता भट्टराई तिमिल्सिना विजयी भएकी हुन् ।
बासुदेव थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गर्दा नेपाली काँग्रेसका उम्मेदवार निसान ढुंगेले १३ हजार २ सय ३२ मत प्राप्त गरेका थिए ।
यस्तै उपमेयरमा भने नेकपा एमालेकी सरिता भट्टराई तिमिल्सिनाले १४४९० मत प्राप्त गरेकी थिइन भने उनका निकटतम प्रतिदोन्दी श्याम बस्नेतले ६६६१ मत प्राप्त गरेका थिए ।