घरमै पुगेर सूर्यविनायकका निर्वाचित मेयरलाई प्रतिदोन्दी ढुंगेलको बधाई

आम मतदातालाई आभार व्यक्त

115

भक्तपुर । नेपाली कांग्रेस, सूर्यविनायक नगर समिति, भक्तपुरका समापति एवं सूर्यविनायक नगरपालिका प्रमुख पदका प्रत्यासि निशान ढुंगेलले लोकतान्त्रिक पद्धति, अभ्यासको सम्मान गर्दे नगरप्रमुख पदमा विजयी नेकपा एमालेका बासुदेव थापालाई बधाई दिनुभएको छ।
बुधबार अबेर राती सूर्यविनायक नगर पालिकाको अन्तिम मत परिणाम भएको हो । घोषणामा थापाबाट थोरै मतले पराजित हुनु भएका ढुंगेलले बिहिबार बिहान वडानं १० चित्तपोल स्थित थापा निवासमा पुगेर बधाई ज्ञापन गर्नुभएको हो।
समृद्ध र शुशासित नगर बनाउने काममा काग्रेसको साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्दे ढुंगेलले थापाको सफल कार्यकालको कामना गर्नुभएको छ।
यसैबीच ढुंगेलले नेपाली काग्रेसका उम्मेदवारहरुलाई आफ्नो अमूल्य मत दिने आम मतदाता प्रति आभार व्यक्त गर्नुभएको छ । ढुंगेलले भन्नु भएको छ, तपाईहरुले विश्वास र साथ दिनुभएको मतलाई ऋणको रुपमा ग्रहण गर्दे निरन्तर त्यो ऋण तिर्ने प्रयत्नमा रहने छु ।’
सूर्यविनायक नगरपालिकाको निर्वाचनमा ढुंगेल र थापा आपसमा प्रतिस्पर्धी हुनुहुन्थ्यो । पछिल्लो मत परिणाममा ढुंगेले १३ हजार २ सय ३२ मत प्राप्त गर्नुभएको छ भने थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गर्नुभएको छ ।
नगरका १० वडा मध्ये ५ वटा वडामा नेपाली काग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् भने एमालेका पनि ५ वटा वडामा वडा अध्यक्ष निर्वाचित भएका छन् ।
नगरका २,३,४, ६, र ९ वडामा काग्रेसका वडा अध्यक्ष चुनिएका छन वडा १, ५, ७, ८, १० मा एमालेका वडा वडा अध्यक्ष चुनिएका छन् ।