कपिलवस्तुको बाणगंगामा बाबुले गरे ५ वर्षीय छोराको हत्या

43

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा बाबुको कुटाइबाट ५ वर्षीको छोराको ज्यान गएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ५ सिमलखोर स्थित २६ वर्षीय लक्ष्मण कोहारले आफ्ना झड्केलो छोरा ५ वर्षीय आशिस कुमाललाई मदिरा सेवन गरी कुटपिट गर्दा उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

प्रहरी निरिक्षक दिपक बाबु केसीका अनुसार मदिरा सेवन गरी कोहारले छारा आशिसलाई पटक पटक कुटपिट गर्दा घाइते भएका र उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको हो ।
मृतक बालक बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मामा घरमा बस्दै आएका थिए । आमा सँग केही दिन अघि उनी सिमलखोर गएका थिए ।

हत्यामा संलग्न अभियुक्त बाबुलाई ईलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएर आवश्यक कार्वाही प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।