महावीर पुनले बेबिलोनका विद्यार्थीलाई भने—‘बेलैमा उद्यमशील बन्नु’

11

काठमाण्डौ । १२ कक्षाको पढाई सकेर विदेशिनचाहने र स्नातक सकेपछि मात्रै केहीगरुँलाभन्ने विद्यार्थीलाई वैज्ञानिक महावीर पुनले स्कुल पढ्दादेखि नै उद्यमशील र सिर्जनशीलबन्नसुझावदिएका छन् ।
राष्ट्रिय आविश्कार केन्द्रका संस्थापक समेत रहेकामिनीनोवेल पुरस्कारको रुपमा परिचित‘रोमन म्यागासासे पुरस्कार’विजेताआविश्कारक पुनलेशान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलमाशुक्रबार आयोजित एक कार्यक्रममाविद्यार्थीहरुलाई सुझावदिएकाहुन् ।
संयुक्तअधिराज्य बेलायतको शैक्षिककार्यक्रम ‘स्कुल इन्टरप्राइजच्यालेन्जप्रतियोगिता—२०२२’मा दोस्रो भई रजतपदकविजेता बेबिलोन नेशनल स्कुलकाविद्यार्थीलाई पुरस्कार वितरण गर्दै आविष्कारकपुनले हरेक विद्यार्थी विद्यालयजीवनदेखि नै उद्यमशील र सिर्जनात्मकभएमात्रजागीरको लागिकतै भौंतारिन नपर्ने रभविष्यमा सफलव्यवसायीबन्न सक्नेबताए ।
‘सकभर अरुको कामगर्ने होइन, आफैं उद्यमीबनेर नयाँव्यवसायसिर्जना गरी अरुलाई रोजगारी दिँदै देशको अर्थतन्त्रमा टेवा पुर्याउन सकिन्छ, पुनले भने ।
‘सकभर आफैं उद्यमशीलबन्नु, सकिएनभने मात्रै जागीर खोज्नु’—उनले भने । आफ्नो इच्छा र रहरले गरेको कामले नै मानिसलाई सफलउद्यमीबनाउन सघाउने भन्दै पुनले कुनैपनिव्यक्तिउद्यमीभएमाउसले देशको सामाजिक र आर्थिक क्षेत्रमा टेवा पुर्याउन सक्ने बताए ।
विद्यार्थीहरुसंगको अन्तरसंवादकार्यक्रमलाई सम्वोधनगर्दै पुनलेअमेरिका र युरोप वाइफाई राउटरको आविश्कार गर्न लागेको बेलामाआफुभने नेपालको विकट र दुर्गम ठाउँमा ताररहित इन्टरनेट सेवाविस्तारको लागिशक्तिशाली राउटरको अनुसन्धानमालागेको पनिबताए ।
आविश्कारक पुनले ‘स्कुल इन्टरप्राइजच्यालेन्जप्रतियोगिता—२०२२’काविजेता बेबिलोन नेशनल स्कुल, प्रिन्सिपल राजु राई, संयोजकअनितासिग्देलका साथै विद्यार्थीहरुलाई सो पुरस्कार वितरण गरेकाथिए ।
कार्यक्रममा बेबिलोन फाउण्शेनकाअध्यक्ष तेज बहादुर राईले ‘स्कुल इन्टरप्राइजकार्यक्रम’ले विद्यार्थीलाई पढ्दै उत्पादनशीलकार्य गर्ने वातावरण बनाईदिएको बताए ।विद्यार्थी प्रकृतिकुमारी साहले ‘स्कुल इन्टरप्राइजच्यालेन्जप्रतियोगिताबारे बताएकीथिइन् ।
विद्यालयशिक्षाको साथसाथै स्कुलमै विद्यार्थीलाई सानोतिनो शीपमार्फत व्यवसायपनिगर्न सिकाउने शिक्षा नै ‘स्कुल इन्टरप्राइजकार्यक्रम’हो ।
बेबिलोन नेशनल स्कुलकाविद्यार्थीले खेर गएकापत्रपत्रिका र कागजलाई पुर्नप्रयोग गरि पेन्सिलहोल्डर बनाई त्यसलाई शिक्षक र अभिभावकलाई विक्री गरेर आयआर्जन गरि प्रतियोगितामा दोस्रो भई बेलायतबाट रजतपदकजितेको कार्यक्रमकी संयोजकअनितासिग्देलले बताइन् ।
यसअघि तिनै विद्यार्थीले पुराना तर पठनयोग्य पुस्तकको विक्रीबाट र स्कुलकै छतमा ड्रागन फलकोविरुवा रोपेर आयआर्जन गरि काँस्यपदकजितेकाथिए ।