गोदावरी नगरपालिकाले कृषि, पर्यटन र पूर्वाधार विकास प्राथमिकता दिने

23

ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाले “कृषि पूर्वाधार र पर्यटकीय नगरी समावेशी स्वच्छ र समृद्ध गोदावरी” भन्ने नाराका साथ आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको असार १० गते भएको नगर सभामा नगर उपप्रमुख मूना अधिकारीले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले आर्थिक विकास, सामाजिक , पूर्वाधार, वातावरण तथा विपत व्वस्थापन र संस्थागत विकास सेवा प्रवाह र सुशासनलाई नीति तथा कार्यक्रमको प्राथमिकता क्षेत्र निर्धारण गरेको छ ।
नगरपालिकाले कृषि र पर्यटन क्षेत्रको विकास र विस्तार गर्दै त्यसको व्यावसायिकरण गर्ने, नगरपालिकामा सञ्चालित विद्यालय शिक्षालाई गुणस्तरीय एवं नतिजामूखी बनाउने, नगरबासीलाई आधारभूत स्वास्थ्य सुनिश्चितता प्रदान गर्ने, नगरपालिकामा क्षेत्रका आधारभूत सहरी पूर्वाधार विकास गरी समुन्नत नगरको रुपमा विकास गर्ने, नगर क्षेत्रमा आन्तरिक स्रोत तथा साधन, अवसर क्षमताको उच्चतमा उपयोग गरी आर्थिक बृद्धि तथा आर्थिक विकास गर्ने र नगरपालिकाको सार्वजनिक सेवा प्रवाहलाई गुणस्तरीय बनाइ नगरमा सुशासन प्रबद्र्धन गर्ने उद्देश्यर रहेको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो ।
नीति तथा कार्यक्रमको पूर्ण पाठ हेरौं

नीति तथा कार्यक्रम २०७९-८० गोदावरी नगरपालिका फाइनल (1)

नीति तथा कार्यक्रम २०७९-८० गोदावरी नगरपालिका फाइनल (1)