भक्तपुरमा मटका विरियानी

3120

भक्तपुर । मट्का चिया त धेरैले खानु भएको होला । तर भारतको उत्तर प्रदेशमा निकै लोकप्रिय रहेको मटका विरियानीको स्वाद भने कमैले लिनु भएको होला ।
यस्तै मटका विरियानीको स्वाद लिएर आएको छ सल्लाघारीको वल्ड टाउन रेष्टुरेन्ट ।


भक्तपुर सल्लाघारीबाट पुरानो थिमी तर्फ जाने बाटोबाट दुवाकोट मोड नपुग्दै खुलेको वल्ड टाउन रेष्टुरेन्टले माटोको भाँडोमा पकाएको विरियानी पस्कदै आएको छ ।
विरियानी पारखिहरुको लागि परम्परागत माटोको भाँडामा पाकेको अलग स्वादका साथ विरियानी लिएर उक्त रेष्टुरेन्ट आएको छ ।
भारतको उत्तर प्रदेशमा प्रख्यात मटका विरियानीको स्वाद भक्तपुरमा नै लिन सकियोस भन्दै रेष्टुरेन्टले मटन विरियानी , चिकेन विरियानी साथै पनिर विरियानी माटोको भाँडोमा पस्कदै आएको छ ।
उत्तर प्रदेशको मर्दाहवादमा निकै प्रख्यात रहेको उक्त मटका विरियानी भक्तपुरको सल्लाघारीमा पाउने भएको छ ।
माटोको भाँडामा पाकेको खानेकुरा स्वास्थ्यको लागि पनि निकै लाभदायी मानिदै आएको छ । हाम्रा पुर्खाले पहिला माटाका भाँडामा नै बनेका खानेकुरा खाँदै आएका थिए तर हामीले भने माटोको भाँडोमा बनेको खानेकुराको स्वाद नै भुली सकेका छौं । यसैलाई मध्यनजर गर्दै फरक स्वादका साथ मटका विरियानी भक्तपुरमा नै थालनी गरिएको रेष्टुरेन्टरका संचालक रितम बताउँछन् ।


उत्तर पदेशको मर्दाहवादको मटका विरियानीको स्वाद त्यहीका सेफको हातबाट भक्तपुरमा खान पाउने भएको उनले जानकारी दिए ।

यहाँ विरियानीको अलावा नेपाली स्पेशल परिकारसहित ईन्डीयन, चाईनिज, ईटलियिन र स्थानिय विभिन्न परिकारहरु समेत रेष्टुरेन्टका विशेष परिकार हुन् ।