विदेशिनुको पीडा झल्कने गीत ‘पीडा’ सार्वजनिक

56

भक्तपुर । धन कमाई आफ्ना लालाबाला एवं परिवारको राम्रो भविश्यका लागि विदेशिने युवाको पीडा समेटिएको गीत सार्वजनिक भएको छ ।
भक्तपुर कटुन्जेमा जन्मनु भएका गीतकार उत्कल चालिसेको शब्द रहेको ‘पीडा’ गीतले उहाँ आफै विदेश हुँदाको पीडा झल्काउँछ ।

 

गीतमा स्वर र संगीत रोशन धौभडेलको रहेको छ भने संगीत संयोजन प्रमोद परियारले गरेका हुन। आभाश्री प्रोडक्सनको ब्यानरमा तयार भएको म्युजिक भिडिओ निर्माणमा कन्सेप्ट तथा निर्देशन समेत गायक धौभडेलको नै रहेको छ।

उच्च शिक्षा हासिलका लागि बिदेसिएका तथा राम्रो रोजगारीका लागि परदेश पुगेका आम नेपालीहरुको पीडालाई यस गीत र यसको म्युजिक भिडिओमार्फत प्रस्तुत गर्ने कोसिस गरिएको छ।

लब्जेम्बर्गस्थित एक फाइनान्सियल इन्डस्ट्रिजमा कार्यरत चालिसेका आमाबुबा, श्रीमती र छोराछोरी सबै नेपालमै हुनुहुन्छ । घरपरिवार र आफन्तसँग विछोडिएर परदेशमा जाँदा हुने पीडालाई उहाँले गीत मार्फत ब्यक्त गर्ने प्रयास गर्नुभएको छ ।