ताथलीको गणेश माबिमा लेखा बिषयको प्रश्नपत्र बाहिरिएपछि बिद्यालय ब्यबस्थापन समितिले सोध्यो प्रअलाई स्पष्टिकरण

कार्बाहि हुने डरले प्रअ स्पष्टिकरण नदिई शक्ति केन्द्र धाउँदै

223

भक्तपुर ।  चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा रहेको श्री गणेश माबिमा भदौ ८ गते लिईएको कक्षा ९ को लेखा बिषयको प्रश्नपत्र बाहिरिएको बिषयलाई लिएर बिद्यालय ब्यबस्थापन समितिले प्रधान अध्यापकलाई ७ बुँदे स्पष्टिकरण सोधेको छ।

चाँगुनारायण न पा शिक्षा शाखाले पनि यश बिषयमा छानबिन गरिरहेको छ। सामुदायिक बिद्यालयहरूमा सामूहिकरुपमा प्रश्नपत्र तयार गर्ने गरिएको छ।

भोलिपल्ट दिनुपर्ने बिषयको प्रश्नपत्र एकदिन अगाबै बाँडेपछि प्रश्नपत्र बाहिरिएको थियो।

प्रधानाध्यापकको गैरजिम्मेवारिका कारण बिद्यालयको प्रतिष्ठामा समेत आँच पुगेको जनाउँदै भाद्र १३ गते बिद्यालय ब्यबस्थापन समितिको बैठक बसी प्रधानाध्यापकलाई ७ बुँदे स्पष्टिकरण सोधेको हो।

समितिले ७ दिनभित्र चित्तबुझ्दो जवाफ नआए जिम्मेबारीबाट हटाउने निर्णय समेत गरेको छ।

प्रधानाध्ययापक भने स्पष्टिकरण दिनुपर्ने समय घर्किँदै जाँदा स्पष्टीकरण दिनुको साटो नगरशिक्षा शाखा,जनप्रतिनिधि र शक्ति केन्द्र धाईरहेकी छन्। आफू बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष पद छाडेर जाँदा ११ लाख बैंक मौज्दात रहेको ठाउँमा ५ बर्ष पछि पुन: अध्यक्ष भएर आउँदा विभिन्न शीर्षकको भुक्तानी बापत १७ लाख लिन आउँदा अध्यक्ष पुष्कर खत्री अचम्ममा परेका छन्।

अध्यक्ष खत्रीले त्यस बिषयलाई समेत स्पष्टिकरमा जवाफ माग गरेका छन्।