टुकुचा खोला भेटियो भक्तपुरका दुई खोला गायव

6220

भक्तपुर । टुकुचा खोला भेटिदै गर्दा विभिन्न नेताले राम्रो काम भनी रहँदा चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा भने दुई खोला गायव बनाइएको छ ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ८ र ९ को सिमानामा रहेको गांङ खुसी र चाँगुनारायण नगरपालिका वडा नम्वर ५ मा खोला नै गायव बनाइएको हो ।
सूर्यविनायक नगरपालिकाका तात्कालिन वडा अध्यक्षको घर पछाडी रहेको भाइरल प्लानिङले गांङ खुसी गायव बनाएको हो र खोला माथी ढल विच्छाएको हो । भने छालिङ अर्थात चाँगुनारायण नगरपालिका वडा नम्वर ५ पिखेल नजिक कालिटार र मोडोलाविचमा बग्ने खोला प्लानिङले नै गायव बनाएको हो ।

पिखेल नजिक कालिटार र मोडोलाविचमा बग्ने खोला गायब गरी ढल हाल्दै अनी माथीबाट बाटो बनाउँदै । फाइल फोटो

भूमाफियाको चाँगुलमा परेर खोला गायव बनाई रहँदा काठमाण्डौं महानगरपालिकाले वर्षौ देखि गायव भएको टुकुचा खोला जय नेपाल हल नजिक भेटिँदा जस्तो खुसियाली आएको छ । भोली चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा रहेका यी खोला भेटिँदा यस्तै खुसी आउने पक्का रहेको छ ।

भूमाफियाको चाँगुलमा परेर स्थानीय खोला गायव हुँदा अहिले नै खोलाले हर्कत देखाउन थाली सकेको चाँगुनारायण नगरपालिका वडा नम्वर ५ का स्थानीय बासिन्दाले बताएका छन् ।
खोलालाई सानो ढलमा परिणत गराउँदा वर्षातको समयमा खोला उक्त ढलको प्वाल बाट पस्न नसकी खेत नै खेत कुद्न थालेको छ ।

पिखेल नजिक कालिटार र मोडोलाविचमा बग्ने खोला गायब गरेपछि हाल पानी पर्दा आएको बाढी

भोली बस्ती विकास भएपछि सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकामा गायव बनाईएका खोलाको पनि यही हालत नहोला भन्न सकिन्न । स्थानीय निकायका जनप्रतिनिधिको सानो प्रलोभनका कारण वन क्षेत्र खोला खोल्सा तथा राजकुलोहरु मासिने क्रम बढदो छ ।
देशलाई नै ठूलो पाठ सिकाउने भक्तपुर क्षेत्र नम्वर १ का प्रेम सुवाल र क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य महेश बस्नेत दुवैको क्षेत्रमा खोला नै गायव बनाउँदा समेत उनीहरु मुख दर्शक बनेर बसेका छन् ।
चाँगुनारायण नगरपालिका वडा–५ मा प्लानिङ व्यवसायीहरुले जग्गा सम्याउने नाममा खहरे खोलामा ह्युम पाइप बिछ्याइ बाटो बनाउने कार्य गरेका थिए । स्थानीय निकायका निर्वाचन पछाडी निर्वाचित जनप्रतिनिधि समेत गई उक्त खोलामा राखेको ह्युम पाइप उखाल्न निर्देशन पनि दिएका थिए । एक दुई दिन फेसबुकमा स्टाटस राख्न र हामीले काम गरेका छां भन्दै उक्त स्थामा गई उभिएका जनप्रतिनिधिले हाल भने खोला गायव हुँदा समेत कुनै चासो दिएका छैनन । अझ उक्त बाटो बनाउन ह्युम पाइप बिछ्याइ बाटो बनाउन वडा कार्यालयले नै चालु आर्थिक बर्षको बजेटमाफत् ३० लाख रुपैयाँ बजेट समेत छुट्याएको थियो । तर, स्थानियवासी चर्को विरोध पछि सो खोलामा राखिएको ह्युम पाइप झिक्न नगरपालिकामा तयार भएको भन्दै मेयर उपमेयर तथा वडा अध्यक्ष उक्त स्थान पुगेका थिए तर हाल सम्म खोला ढल मुनी नै छ । भोलीको टुकुचा खोला यो पनि हो एक स्थानमा यसरी मिचेपछि उक्त कुराको अनुसरण गर्दै तल तल पनि ह्युम पाइप नराखिएला भन्न सकिन्न ।

यसरी खोला नै गायव बनाउनेमा उद्दत समूहले सूर्यविनायक नगरपालिका वडा नम्वर ८ र ९ को सिमानामा रहेको खोला गायव बनाउँदा प्लानिङको विचमा नै सार्वजजिनिक जग्गामा बन्दै गरेको गणेश माविको शिलान्यास गर्न महेश बस्नेत आफै पुगेका थिए । उनले आफ्नो कुनै पनि प्लानिङमा लगानी नभएको समेत बताउनु भ्याए । तर खोला गायव बनाएको स्थानको पचास मिटर पर पुगेर भाषण गर्न भ्याउँदा उनले खोला गायव बनाएको भने देखेनन र हेर्न पनि चाएनन । अझ उक्त कार्यक्रममा तात्कालिन वडा अध्यक्ष मेयर उपमेयर लगाएतका जनप्रतिनिधिको पनि उपस्थिती रहेको थियो ।

सूर्यविनायकमा गायव गराईएको खोलाको केहि तस्वीर

खोला माथी बाटो
खोला हिम पाईपमा
खोला गायव

प्लानिङकाे पुछारमा खोला निक्लदै

यसरी सार्वजनिक स्थान खोला खोल्सा एवं कुलो आदी मिचेर बनेका संरचना कुनै दिन बालेन जस्ता जनप्रतिनिधि आएर नभत्काउलान भन्ने छैन ।
सार्वजनिक जग्गा खोला मिचेर वा खोला नै ढल मुनी पारेर बाटो बनेपनि खोलाको मापदण्ड कटाई नै भवन बनाउनु पर्ने नै हुन्छ । खोला कोरिडोर र त्यसको मापदण्ड कटाउनु पर्ने कुनै दिन अवश्य आउँछ हाल सविक हुँदा यस्ता संरचनाबाट खोला गायव बनाउने जनप्रतिनिधि यसमा नक्सा पास गर्ने कर्मचारी तथा खोला मिचेर बाटो बनेको स्थानमा जग्गा किन्ने हरु फस्ने पक्का रहेको छ ।
जग्गामा लगानी करोडौं गर्दा हामीले यस्ता माफियाको विषयमा ध्यान नपुञ्याउँदा भोली आफैले दुःख पाउनु पर्ने पक्का छन् ।