निजामती कर्मचारी संगठन शिक्षा विभागिय कार्यसमितिद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

51

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठन शिक्षा विभागिय कार्यसमितिले संगठनले अभिभावकत्व ग्रहण गरेका चार जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।
शुक्रबार विभागिय कार्य समितिले एक औपचारिक कार्यक्रम गरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित् सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत प्रतिमा दर्जी, प्रिया लामा, प्रविण दर्जी, र सञ्जय राईलाई पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।
शैक्षिक सामाग्री तथा पोशाक हस्तान्तरण गर्दै राष्ट्रिय परीक्षा बोडका अध्यक्ष डा. महाश्रम शर्माले सङ्गठनले अभिभावकत्व ग्रहण गरेका बालबालिका प्रतिको सहयोगको निरन्तरताको कामना गर्नुभयो ।
उहाँले बालबालिकाले गरेको अध्ययनको सम्बन्धित विद्यालय, अभिभावक र अभिभावकत्व ग्रहण गरेको संगठनले निरन्तर अनुगमन गर्न सुझाव दिनुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइलालाले सङ्गठनका हरेक विभागिय कार्य समितिलाई कुनै न कुनै रचानात्मक कार्यक्रम गरेर उदाहरणीय बन्न आग्रह गर्नुभयो ।
संगठनका उपाध्यक्ष भवानी दाहालले संगठनले अभिभावकत्व ग्रहण गरेका बालबालिका भविष्यमा कुशल राष्ट्रसेवक बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल निजामती संगठन शिक्षा विभागिय कार्यसमितिका अध्यक्ष शिवराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निजामती कर्मचारीको आधिकारीक टे«ड युनियन शिक्षा विभागीय कार्य समितिका अध्यक्ष हरीभक्त पौडेल, शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा, नेपाल निजामती कर्मचारी युनियन शिक्षा विभागीय कार्य समितिका अध्यक्ष धर्म तिवारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
संगठनले गत २०७४ सालदेखि हरेक वर्ष ती विद्यार्थीलाई दुई पटक गर्मी र जाडोको पोषाक वितरण, स्टेसनरी र आवश्यक विद्यालयका शुल्ककोसमेत व्यवस्था गर्दै आएको छ ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्नु सङ्गठनको दायित्व सम्झेर सङ्गठनले ती बालबालिकाको अभिभावकत्व ग्रहण गरेको अध्यक्ष पोखरेले बताउनुभयो ।