भक्तपुरमा मुख्य निर्वाचन अभिकृतको कार्यालय स्थापना

76

भक्तपुर ।मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
भक्तपुरका दुबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

भक्तपुर जिल्लाको मूख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ भक्तपुरमा भक्तपुर नगरपालिका वडा नं २ स्थित पुरानो जनज्योति पुस्तकालय परिसरमा स्थापना गरिएको छ भने निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ भक्तपुरको कार्यालय मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित कृषि विकास बैंक तालिक केन्द¸बोडेमा स्थापना गरिएको छ ।

भक्तपुर जिल्लामा मुख्य निर्वाचन अधिकृत माननीय श्री गोपालप्रसाद वास्तोला जिल्ला न्यायाधीश, भक्तपुर जिल्ला अदालत र क्षेत्र नम्वर २ कालागि निर्वाचन अधिकृत श्री लोकनाथ पराजुली इजलास अधिकृत, सर्वोच्च अदालत नियुक्त हुनुभएको छ ।