बिदाइ तथा सम्मान
भक्तपुर, । वागीश्वरी माध्यमिक विद्यालयमा जीवनको ३४ वर्ष शिक्षण पेशामा संलग्न भई अनिवार्य अवकाश प्राप्त शिक्षक कृष्णभक्त लघुको सम्मान एवम् बिदाइ समारोह असार २६ गते सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले कठिन र जटिल परिस्थितिमा पनि अग्रजहरुले जोगाई राखेको यस विद्यालयलाई अझ अगाडि बढाउन शिक्षक कर्मचारीहरु सकारात्मक भूमिका आवश्यक छ भन्नुभयो ।
जीवनको उत्तराद्र्धमा सबभन्दा आत्मसन्तुष्टि र आत्मसम्मान प्राप्त हुने पेशा शिक्षण पेशा भएकोले विद्यालयमा कार्यरत हु“दा हरेक क्रियाकलापलाई शिक्षकहरुले नमूना बनाउन मिहिनेत गर्नुपर्छ भन्नुभयो ।
अतिथि कृष्णभक्त लघुले वर्तमान समयमा गरेका हरेक कार्यहरु भविष्यमा गौरवको कुरा बन्न जाने हु“दा वागीश्वरीलाई अझ सफलताको शिखरमा पु¥याउनका लागि सम्पूर्ण शिक्षिका, कर्मचारीलगायत विद्यार्थीहरुलाई अनुरोध गर्नुभयो ।
विद्यालयका सहप्रधानाध्यापक ज्ञानसागर प्रजापतिले अन्य सामुदायिक विद्यालयहरु सुकिरहेको अवस्थामा वागीश्वरी मौलाउनुमा उहा“को योगदान अमूल्य छ भन्दै यति लामो समयसम्म उहा“ले सेवा गर्नुभएको कुरा हामीले उहा“बाट सिक्नुपर्ने शिक्षा हो भन्नुभयो ।
उहा“ भन्नुहुन्छ, ‘वागीश्वरीबाट चित्त नबुझेका कुराहरु वागीश्वरीभित्र नै छलफल गरी समाधान गर्ने कार्य कृष्णभक्त लघु सरबाट सिक्न आवश्यक छ ।’
विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, शिक्षक उकेश सुवाल, मिना प्रजापति, राजन लाखाले कृष्णभक्त लघुको योगदानको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा सम्मानित शिक्षक कृष्णभक्त लघुलाई प्रमुख अतिथि रवीन्द्र ज्याख्वले ताम्रपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो भने प्रअ कृष्णप्रसाद धन्छाले दोसल्ला ओढाउनुभएको थियो ।







































