देश सबैको साझा हो । हामी सवैको सामूहिक आशा नेपालको उज्जवल भबिष्य हो ।
नियतिले हामीलाई निर्माण,उत्थान र गौरवको मार्गमा अग्रसर हुन आब्हान गरिरहेको छ । के आजको एतिहासिक क्षणमा हामी आफ्नो स्वार्थ,संक्रिनता तथा दुवर्लतालाई त्यागेर नियतिलाई सुन्न सक्दैनौ …..वी.पी.कोईराला नेपाली काँग्रेस केवल एउटा पार्टी मात्र होईन ।
राष्ट्रियता,लोकतन्त्र र समाजवादको इतिहास सिद्द प्रतिबद्दता पनि हो । नेपाली काँग्रेस कुनै सामान्य राजनैतिक संगठन मात्र होईन ,बरु चार चार निरकुशता बिरुद्द झण्डै सत्तरी बर्ष लामो न्याय,स्वतन्त्रता र समानताको अथक बैचारिक आन्दोलन हो ।
हाम्रो गौवमय चारतारे झण्डा तीन तीन पुस्ताको रगत,पसिना र संर्घषले भिजेर अहिले चौथो पुस्ताको काधमा छ । अर्को पुस्ताले पनि थप गौरव र अभिमानका साथ यो भण्डा उठाउन पाउनुपर्ने चुनौति हामीलाई इतिहासले दिएको छ । हामी केवल शिर्ष नेतालाई दोषी देख्दछौं र आलोचना गर्दछौ ।
त्यो आलोचना पक्कै पनि आधारहिन छैन । हाम्रो नेतृत्वको बिबेक पटक पटक डग्मगाएको छ ,तर यो सव परिणाम नेताहरुको मात्रै होईन,हामी हरेक कार्यकर्ताको बिबेकको सही प्रयोग नभएकोले पनि हो । नेता र नेतृत्वको चयनको बेलामा हामी बिभिन्न नाममा बिभाजित हुन्छौ त्यसैको परिणाम पनि हो।
अव हामीले पार्टीलाई अझ समावेशी,न्याय पूर्ण र जनआधारीत बनाउन नीति लिने बेला आएको छ,राष्ट्रको चुनौति,आवस्यकता र संभावना लाई हाम्रो गौरवमय इतिहासको धरोहर नेपाली काँग्रेसले कसरी संवोधन गर्नु पर्दछ,के के कुरामा हामी सुधारीनु पर्दछ,हामी गाउ नगर देखि केन्द्र सम्मका सवै तहका नेतृत्वहरुले बेलैमा बिचार गर्नु पर्ने वेला आएको छ ।
परिवर्तीत र्सर्न्दभ अझ भरखरै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सकिएको र परिणाम समेत आई सकेको अवस्थामा युवामा बढेको परिवर्तनको चाहना,सिमान्तकृत समूहको पहिचानको चाहना,समाबेशीकरण र सशक्तिकरणको आकांक्षा,लोककल्याण र सामाजिक न्यायका र्सर्न्दभमा आएको चेतना,साँस्कृतिक,जातिय र लैगिक नवचेतना अनि बिकास र सम्बृद्धिको भोकलाई समेत संबोधन गर्ने गरि हामीले नीति,बिधि बनाउन नेतृत्वलाई दवाव दिनु परेको छ ।
यदि नेतृत्व चाहदैन वा आलटाल गर्दछ भने हामीले नेतृत्वको परिवर्तनको बाटो पनि अगाल्नु पर्ने हुन सक्दछ। यसका लागि हामी खरो रुपमा उत्रिनु पर्दर्छ तव मात्रै पार्टीले जीवन्तता पाउने छ । हामी सगँ असंख्य सहीदको प्रेरणा छ ,जो सवै गुमाउन तयार भए,तर चारतारे झण्डालाई झुक्न दिएनन । हामी सगँ पार्टीको गौरवमय इतिहास छ, जसमा सत्तरी बर्ष सम्म मुलुकका सवै परिवर्तनको नेतृत्वको अभिलेख छ ।हामी सगँ ठूलो पाको र अनुभवि पुस्ता छ जो संर्घष ,जेलनेल, यातना,त्याग र तपस्याले खारिएको छ |
हामी संग होनाहार अविचलित स्व्म्सेबी असंख्य काँग्रेसजन हुनुहुन्छ जो कुनै स्वार्थबिना अविचलित रुपमा लोकतन्त्र र नेपाली काँग्रेसको हितका लागि संगठन गरिरहनु भएको छ । यसका साथै हामीसगँ त्यस्तो तन्नेरी पुस्ता छ,जो स्वाभिमान र स्वतन्त्रताको जगमा समृद्ध नेपालको संकल्प गरिरहेको छ । हामी सगँ बिदेशी भूमिमा पसिना बगाए पनि नेपाली काँग्रेस र नेपाल तथा नेपालीको प्रतिष्ठाको लागि उत्तिकै चिन्तित संसारभरिका शुभेच्छुकको ठूलो पंत्ति छ । यी सवै नेपाली काँग्रेस पार्टीको नीति र नेतृत्वमा गतिशीलता, सामयिकता र नयापनको खोजीमा हुनुहुन्छ ।
अव हामीले त्यस्तो पार्टी बनाउनु छ ,जसमा सवैले आत्मसम्मान र अपनत्वको अनुभुति गर्न सकुन । आज मुलुकमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको छ , आफुलाई मुलुकको बामपन्थीहरुको सवैभन्दा ठूलो दल मान्नेहरु एमाले र माओवादी केन्द्र आपसमा मिलेर गठबन्धन गरि निर्बाचनको परिणाम आफ्नो पक्षमा पार्न सफल भएको र्सर्न्दभमा बिगतमा हामीले हाम्रो नेतृत्वमा गरेको आन्दोदन र प्राप्त संबैधानीक परिवर्तन,राजनैतिक सामाजिक सचेतना र नवीन परिवेशमा फेरी एउटा नया यात्रा थाल्नु पर्ने भएको छ ।
नविनतम उर्जा लिएर समुन्नत नेपालको गन्तब्यको यात्रा तय गर्नु पर्ने बिशिष्ठ परिवेशमा हामी गुट वा समूह,पद र प्रतिष्ठाको प्रतिष्पर्धामा पुन: अल्मलियौ भने पार्टीलाई समुन्नत नेपाल निर्माणको नेतृत्वका लागि सक्क्ष्यम बनाउने एउटा ठूलो आवसर गुम्नेछ । बी.पी. कोईरालाले भने जस्तै देश सबैको साझा हो । हामी सवैको सामूहिक आशा नेपालको उज्जवल भबिष्य हो । नियतिले हामीलाई निर्माण,उत्थान र गौरवको मार्गमा अग्रसर हुन आब्हान गरिरहेको छ ।
के आजको एतिहासिक क्षणमा हामी आफ्नो स्वार्थ,संक्रिनता तथा दुवर्लतालाई त्यागेर नियतिलाई सुन्न सक्दैनौ …..वी.पी.कोईराला पराजयले आहत हुदै हामी जट्छौं र जुटेर जित्छौं,अनि फेरी गुट उपगुटका नामबाट कलहमा परेर फुट्छौं र फुटेर फेरी हाछौं । यस्ता प्रत्येक हारमा जनताको प्रगतिको सपना र देशको स्वतन्त्र निर्णय लिने क्षमताको पनि हार हुदै आएको छ ।








































किरण न्यौपाने

