काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले मंगलबार चाबहिलस्थत ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेटी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।
यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र काँग्रेस नेता प्रकाशमान सिंह पनि अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि नेता निधि सोमबार अस्पताल भर्ना भएका थिए ।







































