आँधिहुरीबाट प्रभावितलाई बृन्दावन नगरपालिकाको राहत

369

रौतहट । पर्सा र बारामा आइतवार आएको विनाशकारी आँधिहुरीबाट प्रभावित क्षेत्रका बासिन्दालाई बृन्दाबन नगरपालिकाले राहत सामग्री वितरण गरेको छ ।

नगरपालिकाको दैविन प्रकोप उद्दार कोष मार्फत प्रभावित क्षेत्रका बासिन्दालाई नगरपालिकाका मेयर लगाएत जनप्रतिनिधि नपाका कर्मचारीले बाराको फेटा गाउँपालिका भलबरियामा राहत वितरण गरेको नगरपालिकाका कर्मचारी हरि प्रसाद दुलालले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार २०७५ चैत्र १७ गतेको बिनासकारी हावा हुरी पीडितलाई बृन्दावन नगरपालिकाको तर्फबाट ३०० बोरा चामल, ६ क्विन्टल दाल, ३०० लिटर खाने तेल, ३०० के जि नुन, ३०० थान टर्च लाईट ,३०० थान झुल, कम्बल, टिसर्ट र ज्याकेट लगायतका सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

नगरपालिकाका मेयर रामसिनही यादव लगाएतको टोलीले फेटा गाउँपालिकाको कार्यालय पुगी उक्त राहत वितरण गरेको थियो ।