प्रदेश नम्बर ७ को सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिन्दू धर्मालम्बीहरुको पर्व जनैपूर्णिमाको अवसरमा प्रदेश सरकारले बिदा दिएको हो ।
दाजुभाइको सुस्वास्थ्य तथा दीर्घायूको कामनाको लागि मनाइने महान चाड रक्षा बन्धन तथा जनै पूर्णिमाको अवसरमा बिदा दिइएको हो । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले रक्षा बन्धनले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमलाई अझ प्रगाढ बनाओस् भनी प्रेस विज्ञप्ति जारी गर्दै शुमकामना दिएका छन् ।







































