सन्जिब दुलाल
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर २ स्थित नःपुखु परिसरमा सस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धन लागि घरेलु उत्पादन मेला २०८० आज देखि हुने भएको छ । भव्य तयारीका साथ भक्तपुरमा घरेलु उत्पादन मेला २०८० हुने भएको हो ।
भोली शनिवार सम्म चल्ने उक्त मेलामा भक्तपुरका मौलिक उत्पादन मौलिक खाना तथा विभिन्न घरेलु तथा साना उद्योगका उत्पादनहरु प्रर्दशनीमा राखिने छन् ।
मेलामा भक्तपुरमा उत्पादित विभिन्न मौलिक उत्पादन देखि साना तथा घरेलु उत्पादन कसरी हुन्छन् भन्ने विषयमा समेत जानकारी दिइने छ । मेलामा नेवारी खाना तथा अन्य विभिन्न खानाहरु पनि उपलव्ध हुने आयोजकले जानकरी दिएको छ । भक्तपुर चिनाउने विभिन्न कला संस्कृति एवं खाना तथा रहनसहनका सामान एवं पुराना तान ढिकी जाँतो एवं विभिन्न सामग्री समेत प्रर्दशनीमा समेत राखिने आयोजकले जानकारी दिएको छ ।








































