आप्लेङ्ग ला नाम्सा काभ्रेमा विषेश प्रर्दशनी हुँदै

611

भक्तपुर । द पल्मा ग्रपको ब्यानरमा बनेको तामाङ चलचित्र आप्लेङ्ग ला नाम्साको काभ्रेको बनेपामा विषेश प्रर्दशनी हुने भएको छ । तामाङ चलचित्र आप्लेङ्ग ला नाम्सा भाद्र १० गते काभ्रेको बनेपा स्थित शुभकामना चलचित्र मन्दिरमा विषेश प्रर्दशनी हुने भएको हो।
विशुद्द पारिवारिक कथाबस्तुमा निर्माण भएको उक्त चलचित्रमा प्रमुख भूमिकामा बद्रि थिङ , सन्जु केसी , प्रेम तामाङ, भूईसाल तामाङ , छेम्वेल ह्योलमो, कान्छी माया ह्योलमो लगाएतको प्रमुख भूमिका रहेको छ ।
नितान्त तामाङ र ह्योलमोको पारिवारिक कथामा आधारित रहेको उक्त चलचित्रमा तामाङ अनी ह्योलमो समुदायको रिति रिवाज र संस्कृती एवं परम्पराको प्रस्तुतिकरण गरिएको छ । नेपाली समाजमा विभिन्न जात जाती एवं परम्परा रहेकामा यि दुई समुदायमा ब्याप्त रिति रिवाज तथा संस्कृतिको प्रस्तुतिकरण यस चलचित्रले गर्न खोजेको चलचित्र निर्माण पक्षले जानकारी दिएको छ ।
अहिले सम्म निर्माण हुँदै आएका तामाङ चलचित्र भन्दा भिन्न विषय बस्तु एवं कथाबस्तुमा उक्त चलचित्र निर्माण भएको नायक बद्रि थिङले जानकारी दिनुभयो ।
उक्त चलचित्रमा ४ वटा गित जसमा चारै प्रकारका संगीत दिईएको छ । चलचित्रका कथाकार, गीत , शब्द दोर्जे लामाको रहेको छ भने चलचित्रमा संगीत भने चन्द्र कुमार दोङको रहेको छ । यस्तै चलचित्रमा द्वोन्द राजु किँरातको , निर्देशन , कोरियोग्राफी , सम्पादन भने अजय स्याङतानको रहेको छ । काठमाण्डौं, सिन्दुपाल्चोकको हेलम्वु स्थित सेर्माथान ,तार्केघ्यङ, आमा याङरी, रामेछाप ठुलो सैलुङ लगाएतका स्थिानमा चलचित्रको छायाङकन गरिएको थियो ।

बौद्दको पृथिवी चलचित्र मन्दिर, गोपीकृष्ण , केयल टावमा सो गरि सकिएको उक्त चलचित्र गरेको थियो हाल उक्त चलचित्र बनेपामा प्रर्दशनी गर्न लागिएको हो ।