अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई क्लिन चिट दिएको छ ।
अनियमितताका यथेष्ट प्रमाण हुँदाहुँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद मुद्दा तामेलीमा राखेको छ ।
संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, महालेखा परीक्षकको कार्यालय, सार्वजनिक लेखा समिति, सार्वजनिक खरिद अनुगमन कार्यालयलगायत राज्यका आधा दर्जन निकायको छानबिनमा जग्गा खरिदमा अनियमितता भएको प्रतिवेदन तयार भएको थियो ।
अनियमितताकै आधारमा निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदमुक्त गरेको थियो ।








































