Home समाचार उपत्यकामा ईट्टा उद्योगको विकल्प चुरोको चुन ढुङ्गा
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले उपत्यकामा ईट्टा उद्योगलाई चाहिने माटो अभावको पूर्ती गर्न चुरेको चुन ढुङ्गाबाट ईट्टा उत्पादनमा सरकार जानु पर्ने बताउनुभएको छ ।
भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घको २७ औं वार्षिक साधारण सभालाई सम्वोधन गर्दै उहाँले अव केहि वर्ष पछि नै उपात्यकामा ईट्टा उद्योगलाई आवश्यक माटो अभाव हुने बताउँदै यसको विकल्प स्वरुप चुरेको चुन ढुङ्गाबाट ईट्टा पर्ने प्रविधिको विकास गर्नु पर्ने बताउनुभएको हो ।
उहाँले हाल उपत्यकामा ईट्टा उद्योगलाई गाली गलौच गर्ने करिती रहेको बताउँदै नेपाल आत्म निर्भर भएको ब्यवसाय नै यहि भएको बताउँदै यसलाई कसरी आधुनिक प्रविधिमा लैजाने हो सो विषयमा सोच्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा अतिथि सुवालले सरकारमा गएका पार्टीहरूले चीनको सहयोगमा बनेका भक्तपुर इँटा कारखानालगायत उद्योगहरू राम्रोसँग सञ्चालन नगरेकाले काठमाण्डौ उपत्यकाको बढ्दो मागलाई पूर्ति गर्न निजी इँटा उद्योगहरू ठुलो सहयोग गरेको समेत बताउनुभएको थियो ।
यस्तै कार्यक्रममा संघका पूर्व अध्यक्ष विश्वराम कवांले ईट्टा उद्योगिलाई विभिन्न आरोप लगाउँदै स्थानीय लगानीकर्ता विस्तापित गर्दै सरकारले ठुला लगानी कर्ता भित्राउने दाउमा रहेको आरोप लगाउनुभयो ।
उहाँले हाल ईट्टा उद्योगीलाई अपराधीको दृष्टीले हेर्ने गरेको बताउँदै कहिले वालश्रम त कहिले प्रदुषणको आरोप लगाउने गरेको तर प्रदुषणको हिसावमा सरकारी मापदण्डा भन्दा कम प्रदुषण आफूहरुले गर्दै आएको र वालश्रम उन्मुलनको लागि ब्यवसायी आफैले नै शिशु शियार एवं विद्यालय पठाउने काम गर्दै आएको जानकारी दिनुभएको थियो ।
उहाँले ५ महिना चल्ने ईट्टा उद्योगमा बालश्रमका कुरा गर्नेहरु पुरा वर्ष भर चिया भने त्यही साना नानीले ल्याएको खाने र यातायातमा भाडा पनि तिनै बालवालिकालाई तिर्दा आँखा चिम्लने गरेको आरोप लगाउनुभयो ।
ईट्टा उद्योको विरोध गर्नेहरुले कहिले यो सोचेका छन् उपत्यकामा ईट्टा उद्योग भएन भने भुकम्प पछिको पून निर्माण संभव हुन्छ अनी दिन प्रति दिन थपिदै गएको बस्ती निर्माण कति महंगो हुन्छ भनी हाम्रो विरोध गर्नेहरु केवल चर्चा बटुल्न अनी लोकिप्रिय हुन् मात्र गरि रहेका छन् । कवंले बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले भक्तपुरको अर्थतन्त्र नै ईट्टा उद्योगले चलि आएको बताउँदै भुकम्प पिडितकालागि पुन निर्माणमा ईट्टा उद्योगले केहि प्रतिषत छुट दिएर सहयोग गर्नु बताउनुभएको थियो ।
सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट , प्रहरी प्रमुख हिमालय कुमार श्रेष्ठ ,सङ्घका सल्लाहकार केपी अवाल, आन्तरिक राजश्व कार्यालयका सूर्यप्रसाद पोखरेल, घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत सुबोधकुमार साह, भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापति, भक्तपुर ट्रक व्यवसायी सङ्घका अध्यक्ष महेन्द्र खायमली, काठमाण्डौ जिल्ला ईट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष केदार गोसाई, आशराम वैद्यलगायतले ईट्टा ब्यवसायी नहुने हो भने भक्तपुरको अर्थतन्त्र आज धारासाही हुने बताउनुभएको थियो ।
Related