कबड्डी प्रतियोगिताको फाइनलमा वागीश्वरी मावि र सकेरेड हर्ट भिड्ने

322

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न दशवटा स्कुलहरुबीच यहा“ भ इरहेको आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगितामा छात्रतर्फ वागीश्वरी मावि र सकेरेड हर्ट मावि बीच फाइनल हुने भएको छ भने छात्रातर्फ वागीश्वरी मावि र ख्वप माविबीच हुने भएको छ ।
भाद्र २७ गते भएको सेमीफाइनल छात्र खेलमा सेकरेड हर्ट मावि (काठमाडौं) ले ख्वप मावि (भक्तपुर) लाई ३४ को विरुद्ध ४४ अङ्क हासिल गरी फाइनलको यात्रा तय गरेको हो भने अर्को खेलमा वागीश्वरी माविले बेलोर मावि (काभ्रे) लाई ३५ का विरुद्ध ५३ अङ्क हासिल गरी पन्छाएको हो ।
त्यस्तै छात्रा खेलतर्फ ख्वपले ख्वप्रिङ एकेडेमीलाई ३३ का विरुद्ध ५५ अङ्क हासिल गरी फाइनल यात्रा तय ग¥यो भने अर्को खेलमा वागीश्वरी माविले कन्या मन्दिर मावि (काठमाडौं) लाई २२ का विरुद्ध ३४ अङ्क ल्याई पन्छाएको हो ।
छात्र–छात्रा दुवैको फाइनल खेल भाद्र २८ गते दिनको ३ बजे हुने र भोलि नै विजेता विद्यालयलाई नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।