कमल थापाले १९ जना पदाधिकारी मनोनित गरे

413

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीका १९ जना पदाधिकारी मनोनयन गरेका छन् । राप्रपाको विधान बमोजिम उनले मनोनित गरेका हुन् ।

उनले मंगलबार २ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, २ महामन्त्री, ६ सहमहामन्त्री र २ सहायक महामन्त्री मनोनयन गरेका हुन ।

थापाले बुद्धिमान तामाङ्ग (धादिङ्ग) र राजीव पराजुली (पर्सा)लाई बरिष्ठ उपाध्यक्ष बनाएका छन् । तामाङ्ग यसअघि पनि बरिष्ठ उपाध्यक्ष थिए भने पराजुली उपाध्यक्ष थिए । त्यस्तै प्रेम बहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर), नरेन्द्र बहादुर चन्द (बैतडी), तोरण बहादुर गुरुङ्ग (स्याङ्गजा), रोशन कार्की (ललितपुर), भिम प्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा)लाई उपाध्यक्षमा मनोनयन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

त्यस्तै महामन्त्रीमा अध्यक्ष थापाले राजेन्द्र लिङ्देन (झापा) र डा.धवल शम्शेर जबरा (बाँके) लाई मनोनयन गरेका छन् ।