काठमाडौं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिका लागि प्रत्यक्ष चुनावबाट लोकतान्त्रिक र प्रगतिशील समूह मुख्य प्रतिस्पर्धामा उत्रिएका छन् । नयाँ नेतृत्व चयनका लागि १६ चैतमा हुन लागेको कानुन व्यवसायीको चुनावी प्र्रतिस्पर्धा तीव्र हुने देखिएको छ ।
सातै प्र्रदेशबाट हुन लागेको प्र्र्रत्यक्ष चुनावमा २५औं कार्यसमितिका लागि आठ अध्यक्षसहित २५ पदमा प्रतिस्पर्धा हँुदै छ । प्रगतिशील समूहबाट नेपाल बार एसोसिएसनका लागि चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिल पोखरेल अध्यक्षका लागि प्रतिस्पर्धामा देखिएका छन् ।
देशभरका ३५ वटा मतदान केन्द्रबाट प्रत्यक्ष चुनावमार्फत आगामी बारको नेतृत्वको छनोट हुने देखिएको छ । नेकपा निकट मानिने (प्रगतिशील कानुन व्यवसायी समूह) श्रेष्ठ ४५ वर्षदेखि कानुन व्यवसायमा संलग्न छन् । नेपाली कांग्र्रेस निकट मानिने (लोकतान्त्रिक समूहका) अध्यक्ष पोखरेल २५ वर्षदेखि कानुन व्यवसायमा संलग्न रहँदै आएका छन् । पोखरेल बार एसोसिएसनका पूर्वमहासचिवसमेत हुन् ।
नेपालभर १० हजार ३१२ जना कानुन व्यवसायीले चुनावमा भाग लिनेछन् । जसमध्ये ६ हजार ५ सय काठमाडांै उपत्यकाभित्र र ३ हजार ५ सय मतदाताले जिल्लाबाट मतदान गर्नेछन् । दुई पक्षबीच हुने चुनावी प्रतिस्पर्धामा प्रगतिशील समूह पक्ष करिब ५ सय मतले अगाडि देखिन्छन् । यद्यपि असन्तुष्ट पक्ष भने दुवै समूहमा रहेकाले यो पटकको चुनावमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ । समाजवादी फोरम र राजपाले श्रेष्ठ पक्षलाई सहयोग गर्ने आश्वासन दिएको छ । उनीहरूसँग ६ सय जना कानुन व्यवसायी छन् । राप्र्रपा निकट र स्वतन्त्र मानिएका २ हजार ५ सय मत अबको चुनावमा निर्णायक बन्नेछ ।
कुन कुन पदमा निर्वाचन हुँदै छ ?
एसोसिएसनको केन्द्रीय चुनावमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित खुला, महिला सदस्यलगायत समावेशी पदका लागि मतदान हुँदै छ । महासचिव र कोषाध्यक्ष पदमा तीन÷तीन जनाको उम्मेदवारी परेको छ । प्रत्येक प्रदेशबाट एक÷एक जना गरी सात जना उपाध्यक्षसहित खुला र महिला गरी आठ जना उपाध्यक्ष पदमा निर्वाचित हुने व्यवस्था छ ।
आठ जना उपाध्यक्षका लागि सातै प्रदेशबाट प्रगतिशील र लोकतान्त्रिक समूहबाट १७ जनाको उम्मेदवारी परेको छ । २५ सदस्यीय केन्द्रीय समिति बारको नेतृत्वका लागि जम्मा ६४ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसैगरी, अध्यक्ष पदका लागि पुण्यप्रसाद खतिवडा, तोयनाथ ढुंगाना, गजेन्द्रबहादुर थापा, लोकेन्द्रध्वज खाँड, रामप्रसाद प्रजापति, विराटकुमार न्यौपाने, कृष्णप्रसाद शर्माले उम्मेदवारी दिएका छन् ।
असन्तुष्ट पक्ष पनि निर्णायक
पुराना र युवा पुस्ताबीचको प्रतिस्पर्धाले दुवै समूहमा असन्तुष्टि पैदा गरेको छ । नेकपाबाट अध्यक्षको आकांक्षीमा अघिल्लोपटक टिकट पाएका विजयकान्त मैनाली, टीकाराम भट्टराई, रमण श्रेष्ठ र गोविन्द बन्दी रहेका थिए ।
लोकतान्त्रिक प्यानलमा अध्यक्षका टिकटका लागि दौडधुप गरेका वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, माधव बाँस्कोटालाई पन्छाउँदै पोखरेलले टिकट हात पारेका थिए । दुवै पक्षमा एकअर्कामा रहेको असन्तुष्टि क्यास गर्ने दाउमा छ ।
के भन्छन् अध्यक्षका प्रत्यासी ?

सुनिलकुमार पोखरेल
लोकतान्त्रिक समूह
बारलाई जवाफदेही बनाउनका लागि सुधारको काम गर्नेछौं । कानुन व्यवसायीको व्यावसायिक हकहित र प्राज्ञिक संस्था बनाउने हाम्र्रो मुख्य काम हुनेछ । नेपाल बारलाई केन्द्रमा मात्रै नभई मोफसलमा जोड्ने प्र्रयत्न गर्नेछौं । स्वतन्त्र न्यायपालिकाका लागि न्यायाधीशको नियुक्ति प्र्रक्रिया संसदीय सुनुवाइबाट हुने गलत प्रयास रोक्न पहल गर्नेछौं । जुन दिनबाट संसदीय सुनुवाइबाट न्यायाधीश नियुक्ति प्र्रक्रिया न्यायालयमा आयो त्यस दिनदेखि न्यायालयमा राजनीति छिरेको छ । देशभरका कानुन व्यवसायीसँगको अन्तक्र्रियामा सबैले बारले न्यायालयलाई जवाफदेही बनाउन पहल गर्न भूमिका खेल्न भनेका छन् ।

चण्डेश्वर श्रेष्ठ
प्रगतिशील समूह
बारको भूमिका संविधानलाई संस्थागत बनाउन पहल गरिनेछ । नागरिकलाई जागरुक बनाउने र न्यायालय सुधार गर्ने पहिलो कदम हुनेछ । न्यायालयलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र उत्तरदायी बनाउने हाम्रो अठोट छ । नवोदित कानुन व्यवसायीहरूका लागि अवसर प्रदान गरिनेछ । बार काउन्सिल एक्ट २०५१ आउनुअघि बनेका अभिकर्ता, लेखापढी व्यवसायीका लागि क्षमता अभिवृद्धि गर्ने र कानुनी शिक्षामा अपग्रेड गर्दै लगिनेछ । न्यायालयलाई विचौलियामुक्त बनाउनका लागि महŒवपूर्ण भूमिका खेलिनेछ ।







































