कालिगण्डकी मर्मतका लागि १२ दिन बन्द गरिने, भरतपुर पश्चिमका क्षेत्रमा लोडसेडिङ हुने :: BIZMANDU

276


काठमाडौं। १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गरिने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार असोज ७ गते देखि ११ गते सम्म र कात्तिक ६ गते देखि १२ गते सम्म कालीगण्डकीबाट विद्युत उत्पादन बन्द हुनेछ।यो आयोजना बन्द हुँदा भरतपुर र भरतपुरबाट पश्चिमतर्फ लोडसेडिङ हुनेछ।

भरतपुर पश्चिममा १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति भइरहेका घरायसी तथा औद्योगिक क्षेत्रमा आयोजनाको मर्मत सम्भार नसकिएसम्म लोडसेडिङ हुनेछ।दुवै समयमा भरतपुर चितवन पश्चिमका १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति हुने सबै जसो ठाउँमा लोडसेडिङ हुनेछ।
 



Share this Story

   










कालिगण्डकी मर्मतका लागि १२ दिन बन्द गरिने, भरतपुर पश्चिमका क्षेत्रमा लोडसेडिङ हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।



( ई-मेल गोप्य राखिने छ)



[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]




Source link